प्रगतिशिल सहकारीको २८ औं साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न
226 Views

फेदीखोला । फेदीखोला गाउँपालिका वडा नं. ३ मा रहेको प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गरेका छन् । उनले फेदीखोला २८ वर्ष देखि शेयर सदस्यहरुलाई सेवा दिदैं आएको सहकारीको काम नाम जस्तै प्रगतिशिल रहेको वताए ।
कार्यक्रममा फेदीखोला गापा उपाध्यक्ष देउकुमारी गुरुङ, वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाट, वडा नं. ४ का वडाध्यक्ष ख्यामनारायण पौडेल, आँधिखोला गापा कार्यपालिका सदस्य गोमा पौडेल पोखरेल, राष्ट्रिय सहकारी बैक स्याङजा पुतलीवजार शाखाका प्रमुख फनिनारायण कोइराला, साहुँथर वचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष मिनबहादुर रानाभाट, सल्लाहकार डिलबहादुर रानाभाट लगाएतले वोलेका थिए ।
त्यस अवसरमा संस्थामा विभिन्न कार्यकालमा संचालन समितिको विभिन्न पदमा रहि योगदान गर्ने व्यक्तिहरु काहुलेका डिलबहादुर रानाभाट, पारीकावारीका ज्ञानबहादुर रानाभाट, पातीहाल्नाकी तुलसा जिटी, शम्रेसकी टिकाश्री गुरुङ, आरुखर्ककी देवी पौडेल, साहूँथरकी देवी रानाभाट, पारीकावारीका मुक्तिनाथ लामिछाने र मुक्तिप्रसाद पौडेल, ठुल्डिहीकी सुमिता मिजार, रामकोटकी विष्णुमाया विकलाई सम्मान गरिएको थियो ।
त्यसै गरी असल ऋण कारोबार कर्ताहरु साहुँथरका पदम बहादुर रानाभाट, ठुल्डिहीकी तारादेवी सुनार र थाउनेडाँडाकी ज्योति परियारका साथै २०८० सालको एसईइमा ३.४५ जिपिए ल्याइ उत्तिर्ण सरगम पौडेललाई सम्मान गरिएका थियो ।
सहकारी अध्यक्ष कमलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा मिजारले र संचालन सचिव ताराबहादुर रानाभाटले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस