फेदिखोला पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा सम्पन्न, एसपि खत्री सम्मानित
380 Views

पोखरा । बृहत फेदिखोला पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा तथा सम्मान कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी घनश्याम लामिछानेले पानसमा दियो बालेर तथा ब्यानर पढेर उद्घाटन गर्दै यो समाजले फेदिखोलामा जन्म थलो भए पनि पोखरालाई कर्म थलो बनाइ स्थायी अस्थायी रुपमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनी बीच भाइचारा सम्बन्ध स्थापना गर्नु नै संस्थाको उदेश्य रहेको र त्यसै अनुरुप काम गर्दै रहेकोमा खुशी व्यक्त गरेका थिए ।
सो अबसरमा फेदिखोला बाँयाटारी निवासी प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीलाई फेदिखोलाको मान बढाउने काम गर्नुभएकोमा सम्मान पत्र, दोसल्ला र अबिरले सम्मान गरिएको थियो ।
बिजया दशमी, शुभ दिपावलि तथा छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा आरोही गौतमले नृत्य प्रस्तुत गरेकी थिइन ।
साथै आजिवन सदस्यहरु सरिता रानाभाट, समिक्षा क्षेत्री, सारदा रानाभाट, सपना रानाभाट, संजय रानाभाट, लगाएतलाई प्रदान गरेका थिए ।
कार्यक्रममा अक्षयकोषदाता तथा शिक्षासेवी याम बहादुर रानाभाट, फेदिखोला गाउँपालिकाका प्रबक्ता तथा समाजका संस्थापक अध्यक्ष अबिलास गुरुङ, निवर्तमान अध्यक्ष कृष्ण बहादुर क्षेत्री, सम्मानित ब्यक्तित्व प्रहरी उपरीक्षक खड्ग बहादुर खत्री, फेदिखोला १ का वडा अध्यक्ष अमृत क्षेत्री, स्याङ्जा फेदिखोलामा रहेकोे सिद्धार्थ माबि ब्यबस्थापन समितिका अध्यक्ष नेत्र कार्की, फेदिखोला साहित्य प्रतिश्ठान कि सदस्य कमला बराल, आरुखर्क पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष टिकाराम पौडेल, कालाभैरब मन्दिर समितिका अध्यक्ष नरकाजि गुरुङले बोलेका थिए ।
सभामा सचीव मिन प्रसाद सुबेदीको वार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष जीत बहादुर क्षेत्री (राजकुमार ) को आर्थिक प्रतिबेदन प्रस्तुत तथा सर्व सम्मत पारित गरिएको छ ।
समाजका अध्यक्ष जगदीश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बिजय पौडेलले र संचालन सचिव मिन प्रसाद सुबेदीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस