दरबारथोकको चण्डी माइ मन्दिरमा कलश यात्रा तथा दुर्गा पुजा सुरु
338 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ दरबारथोकमा रहेको ऐतिहासिक चण्डी मन्दिर परिसरमा बिगतका बबर्ष मा जस्तै यस बर्ष पनि घटस्थापनाको दिन बिहिवार नवदुर्गा पुजा तथा चण्डी पाठ सुरु भएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले देवी दुर्गा, गणेश, कुमार लगाएतका मुर्तिहरु अनावरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै १०० बर्ष अगाडि देखि पुजा गरिदै आएको ऐतिहासिक मन्दिरको संरक्षण वडाले बजेट उपलब्ध गराएको भन्दै जिर्ण मन्दिर पुनः निर्माणका लागि पनि सहयोग गरिने बताउनु भयो ।
सो अबसरमा चण्डी माइ सेवा समितिका अध्यक्ष तथा दुर्गा पुजा समितिका संरक्षक तेजबहादुर भुजेलले मन्दिरको ब्यबस्थापनमा धेरै चुनौतीहरु आएतापनि निरन्तरको प्रयास र सबैको सहयोगले अहिलेको अवस्थामा आइपुगेको बताएका थिए ।
कार्यक्रममा वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी, लायन्स क्लब अफ पोखरा भृकुटीका अध्यक्ष लक्ष्मी पौडेल पाण्डे, सल्लाहकार बेदकुमार श्रेष्ठ, चण्डीका आमा समुह की अध्यक्ष सिता नेपालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मन्दीरमा घटस्थापना देखि नवमीसम्म बिहान र बेलुका दैनिक पुजा आर्चना तथा भजन कृतन हुने भएकोले भक्तजनको घुँइचो लाग्ने गरेको छ भने कलश यात्राका लागि सल्लाहकार बेद कुमार श्रेष्ठ नौ थान तामाको कलश र शालिकराम अधिकारीले १२ थान तामाको कलश र पुजा अबधि भर चियाको लागि चिनी तथा चियापत्ती, वाइसर्भिस क्लब अफ पोखराका अध्यक्ष प्रेम सुबेदीले पानीको ड्रम, लायन्स क्लब अफ पोखरा भृकुटीले खाजा निशुल्क उपलब्ध गराउनुका साथै वडा कार्यालय संगको सहकार्यमा ६ थान डस्बिन उपलब्ध गराएका थिए ।
नव दुर्गा पुजा तथा चण्डी पाठ २०८१ मुल समितिकी संयोजक बिमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सहसंयोजक तथा दरबारथोक टोलबिकास समितिका अध्यक्ष सुर्यभक्त सिग्देलले र संचालन सचीव सम्झना रानाभाटले गर्नु भएको थियो । नवदुर्गा भर भक्तजनहरुलाई चिया तथा प्रसाद बितरणको ब्यबस्थापन चण्डीका आमा समुहले गर्ने छ भने साउण्ड सिस्टम, बत्ति सुरक्षा को ब्यबस्थापन दरबारथोक टोलबिकास समितिले गर्ने प्रचारप्रसार संयोजक कृष्ण रानाभाटले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस