दरबारथोकको चण्डि मन्दिरमा नवदुर्गा पूजा तथा चण्डिपाठ हुने
73 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको ऐतिहासिक चण्डि मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि नवदुर्गा पूजा तथा चण्डिपाठ हुने भएको नवदुर्गा पूजा तथा चण्डिपाठ २०८१ आयोजक समितिकी संयोजक विमला रानाभाटले वताउनु भयो ।
२०८१ असोज १८ गते देखि २५ गते सम्म हुने दुर्गापूजा तथा चण्डिपाठमा १८ गते समु्द्घाटन तथा पूजा शुभारम्भ, दैनिक विहान ७ वजे चण्डिपाठ, हरेक दिन साँझ ६ वजे सन्ध्याकालिन आरति, २४ गते पूmलपाती भित्र्याउने एवम् साँझ देवीको तेश्रो नेत्र दर्शन, २५ गते पूजा समापन र कार्तिक १ गते सेतीगंगा किनारमा पूजा विर्सजन गरिने कार्यक्रम रहेको चण्डिमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भूजेलले वताउनु भएको छ । उहाँले चण्डि मन्दिरमा परावूर्व कालदेखि हिन्दु धर्माबलम्बिहरुले हिन्दु संस्कृतिको जगेर्ना गर्दै समयानूकुल विकसित र परिवर्तन हुदै धर्मसम्बन्धि मठ मन्दिरको स्थापना गरी सामुहिक रुपले पूजा अर्चना गरिदै आएको वताउँनु भयो ।
चण्डिमाई सेवा समितिको आयोजनामा आयोजित भेलाले चण्डिका आमा समुहकी पुर्व अध्यक्ष विमला रानाभाटको संयोजकत्वमा नवदुर्गा पूजा तथा चण्डिपाठ २०८१ आयोजक समिति र प्रचारप्रसार उपसमितिको संयोजकमा पत्रकार तथा दरबारथोक मिडियाका कृष्ण रानाभाटलाई चयन गरिएको आयोजक समिति सचिव सम्झना रानाभाटले वताउनु भयो ।
प्रतिक्रिया दिनुहोस