भुजेल जातिहरुको जन्मदेखि मृत्यु संस्कार, पितृपुजन तथा प्रकृति पुजनका विधिको ग्रन्थ “म्याहङो इम्याहङअ” बिमोचन
432 Views
तनहुँ । भुजेल जातिहरुको जन्मदेखि मृत्यु संस्कार, पितृपुजन तथा प्रकृति पुजनका विधिहरुलाई लिपिबध्द गरेर तयार पारिएको ग्रन्थ “म्याहङो इम्याहङअ” बिमोचन गरिएको छ । सर्जकद्वय विशम भुजेल ‘किशन’ र प्रदिप भुजेलले एक दशक भन्दा लामो समय खोजी, अध्ययन, अनुसन्धान तथा विश्लेषण गरेर” “म्याहङो इम्याहङअ” तयार पार्नुभएको हो ।
अघिल्लो साँझ आँधीमुल मन्दिरमा भुजेल जातिको पारम्परिक विधि अनुसार खैँजेडी र पुतुङ ( राँगा र भेडाको सिङबाट बनेको बाजा ) बजाएर ग्रन्थपुजन गरी भोलिपल्ट म्याङ्गो गार्डेन रिसोर्ट नयाँ पुलमा भाषाविद प्राध्यापक डाक्टर दानराज रेग्मीको हातबाट उक्त ग्रन्थको बिमोचन गरिएको थियो ।
भाषाविद् प्राध्यापक डाक्टर बिधुबिनोद कायस्थ लगायत दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद रतन खवास, प्रमोद खवास, भुजेल संस्कृति एसोशियसनका प्रमोद खवास, रतन खवास, धन प्रसाद तामाङ, पान बहादुर घर्ती भुजेल, प्रदिप कुमार खवास, रेशम भुजेल, आँबु गाउँ पालिका वडा नं ४ का वडाध्यक्ष मिलन भुजेल विषेश अतिथि रहनुभएको कार्यक्रममा गायिका पार्वती भुजेल, डुम्रे प्रहरी कार्यलय इकाई प्रमुख शिव बहादुर थापामगर , भुजेल समाजबाट रेशम भुजेल, नेवा प्रतिनिधि , सुभाष श्रेष्ठ , ब्राह्मण समाजबाट सुवर्ण पण्डित, आँधीमुल नेपाली कल्याण समाजबाट बाबुराम नेपाली, क्षेत्री समाजबाट सुरेश क्षेत्री , गायिका बिना भुजेल , निशान गुरुङ , सुन्दर भुजेल, प्रतिमा भुजेल, बेल बहादुर गुरुङ , रामकृष्ण भुजेल अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
भुजेल परम्परा अनुसार सगुन (रक्सी) खाएर उदघाटन गरिएको सो कार्यक्रममा प्रथम भुजेल भाषाको गीत रेकर्ड गर्ने गायिका पार्वती भुजेलले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । स्थानिय गायिका बिना भुजेलले पनि गीत गाएर सहभागीहरुमा उर्जा प्रदान गर्नुभएको थियो ।
म्याहङो इम्याहङअ को बारेमा
प्रमुख सर्जक विशम भुजेल ‘किशन’ का अनुसार “भुजेल जातिले आफ्नो संस्कार संस्कृती अनरुप गर्दै आइरहेको जन्म देखि मृत्यु कर्म, पितृपुजा देखि प्रकृतिपुजन को अनुसरण गर्ने नेपालीभावनुवाद को रुप भुजेल भाषाको” म्याहङो इम्याहङअ हो ।
“म्याहङो इम्याह्ङअ” प्रशस्त क्षेत्रमा बहस, आलोचना,खोज ,अनुसन्धान गरेर सन् २०१२ मै पाण्डुलिपि गरि राखिएको भुजेल जातिको जिवन पद्धती कर्म लाई विधिवत रुपमा सन् २०२४ मा विभिन्न संस्कार संस्कृतिविद भाषाविद , इतिहासविद र यो कर्मलाइ निरन्तरता दिइ आएको प्रकृतिपुजक भुजेल समुदायको विभिन्न स्थान नेपाल ( विशेष तनहुँ , बाग्लुङ, चितवन ) भारत ( दार्जिलिङ , खर्साङ, कालिम्पोङ) मा खोज गरि लिपिबद्ध गरि ल्याइएको ग्रन्थ हो ।
म्याह्ङो इमाह्ङअ लाइ मानब शास्त्रीय ,समाज शास्त्रीय ,ऐतिहासिक,दार्शनिक अनेक कोणबाट केलाएर भुजेल जातिको मौलिक संस्कार संस्कृती को ढाँचा अनरुप व्याख्या गरिएको छ ।
म्याह्ङो इम्याह्ङअ मा कुरिती लाई स्थान दिइएको छैन तर यो जातिको संस्कार संस्कृती ( जन्म देखि मृत्यु कर्म ) , सृष्टिको उत्पती देखि वचाउ सम्म , भुजेल जाती समुदायमा प्रचलित विभिन्न खाले परम्परा , लोक जिवनमा प्रचलित र प्रयोग हुँदै आइरहेका सम्पुर्ण कर्मकाण्डको व्यवस्थित नालिबेली हो जसलाइ भुजेल भाषामा व्यवस्थित रुपमा लयबद्ध गरिएको छ ।
सामनिजम ( प्रकृतिपुजन ) को आधार केलाउने हो भने यो वैज्ञानिक छ यसकारण पनि अब भुजेल जातिको अस्तित्व निर्माणको सन्दर्भमा “म्याहङो इमाहङअ” ले यसको हिन्दुकरण भैरहेको आफ्नी भुजेल समुदाय लाई अर्को संस्कार संस्कृती सङ्ग बाइपास गरेर आफ्नो जातिको अस्तित्व प्रती एक्यवद्धता जनाउन महत्वपूर्ण भुमिका खेल्न सक्नेछ भन्नेमा विश्वास गरिन्छ ।भुजेल जाती आफैमा छरिएर रहेको जाती समुदाय भएको हुनाले सम्पुर्ण भुजेल हरु देशभित्र र बाहिर बाँडिएर बसेका छन अल्पसंख्यक जनसंख्या भएका भुजेल हरु ले आफ्नो भाषा संस्कार संस्कृती बिर्सिसकेका छन जसलाइ संरक्षण गर्ने र ऎक्यबद्धता गर्ने सन्दर्भमा “म्याहङो इमाह्ङअ” ले प्रशस्त मार्गदर्शन गर्न सक्दछ भन्ने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस