छोरेपाटन सहकारीको १७ औं साधारणसभा सम्पन्न
110 Views
पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन वचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो ।
साधारण सभाको पोखरा महानगर सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले उद्घाटन गर्दै सहकारी संस्थाहरु नियम अनुसार संचालन गर्न सकेमा कुनै समस्या नआउने वताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा १७ की वडा सदस्य बिष्णु कुमारी भुजेल, निलगिरि बचत तथा ऋण सहकारी संस्थाका सचिव तिर्थराज आचार्य, शेयर सदस्य भवानी प्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अबसर पारेर सहकारीका शेयर सदस्यहरुलाई प्रशिक्षक भक्तराज रसाइलीले सहकार्य अभिवृद्धि प्रशिक्षण दिनु भएको थियो ।
सो अवसरमा जेष्ठ शेयर सदस्यहरु लछुमण बास्तोला, जगन कुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता सुबास पौडेल, उत्कृष्ट बचत कर्ताहरु अन्जुमाया सुनुवार, गंगा प्रसाद रिमाल र शोभा केसी क्षेत्रीलाई सम्मानपत्र दोसल्लाले सम्मान गरिएको थियो ।
त्यसै गरी शेयर सदस्यका छोराछोरीहरु प्रदिप ढकाल, रोशन सुबेदी, सन्ध्या पौडेल, अस्मिता बास्तोला, सुदर्शन पौडेल, असिम न्यौपाने, सुस्मिता बराल र असिम खत्री लाई सम्मान गरिएको थियो ।
सभामा अध्यक्ष रवीन्द्र राज बारालले वार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिल बहादुर बरालले र बिनिता अर्यालले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष रवीन्द्र राज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उप समिति संयोजक ज्ञानेश्वर सुबेदी र संचालन सचिव नारायण प्रसाद अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस