विश्व नेपाली साहित्य महासंघ कास्की र गुल्मी जिल्ला शाखाहरु गठन
187 Views
पोखरा । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता र प्रज्ञा प्रतिष्ठान वर्दघाट नगरपालिकाका कुलपति वरिष्ठ साहित्यकार डा. घनश्याम परिश्रमीको प्रमुख आतित्थ्यतामा विनेसाम कास्की जिल्ला शाखा र विनेसाम गुल्मी जिल्ला शाखाको गठन र रचना वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले साहित्यकार मानबहादुर थापा बुलन्दको अध्यक्षतामा ७ सदस्यीय विनेसाम कास्की जिल्ला शाखा र रामजी प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय विनेसाम गुल्मी जिल्ला शाखाको घोषणा गर्नु भएको थियो र नवगठित समितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्कृत विश्व विद्यालयका कुलपति प्रा. डा. भिम खतिवडाको विशेष उपस्थिति र केन्द्रिय समितिका अध्यक्ष उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरु प्रदेश र जिल्ला शाखाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्गवा, विनेसनाम नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटा अविरल, केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले नव गठित शाखाहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले विनेसामले आयोजनामा २०८१ कार्तिक १० र ११ गते काठमान्डौमा हुने विश्व साहित्य सम्मेलनमा सवै शाखाहरु लाई निमन्त्रणा गर्दै कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लगि सबै शाखाहरुले तन मन र धनले सहयोग गर्न आह्वान गर्नु भएको थियो ।
नेपाल शाखाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलले संचालन गरको कार्यक्रममा रविन ढकाल, चमेली ज्ञवाली, शिशिर पराजुली, देविका मग्रान्ती, हितेश पौडेल, गिता पौडेल, रामजी ढकाल लगायत एक दर्जन भन्दा बढि साहित्कारहरुले गीत र रचना वाचन गर्नु भएको थियो ।
नेपाल शाखाकी अध्यक्ष जिज्ञासुले कास्की जिल्ला गठन भएकोमा विनेसाम गण्डकी प्रदेशका अध्यक्ष प्रकाश अधिकारी र गुल्मी जिल्ला गठन भएकोमा विनेसाम लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेललाई बधाई तथा धन्यवाद व्यक्त गर्दै नेपालमा हुन गईरहेको विश्व साहित्य सम्मेलनलाई भव्यताका साथ सफल बनाउनको लागि समन्वय गर्न नेपाल शाखा, प्रदेश शाखा र जिल्लाहरुको सहभागिता सहित नैतिक, भौतिक र आर्थिक रुपले सहयोगमा जुट्न सबै शाखाहरुलाई आह्वान गर्दै कार्यक्रम समापन भएको थियो ।
त्यसैगरी रामजी प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय विनेसाम गुल्मी जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चमेली ज्ञवाली, सचिवमा गोविन्द गौतम, सहसचिवमा भूमिश्वर ढकाल, कोषाध्यक्षमा विमला शर्मा, सदस्यहरुमा कमला अर्याल, सरस्वती गौतम, नवराज ढकाल, गोपाल पराजुली, रविन ढकाल, काशीनाथ ज्ञवाली मिश्रीत चयन भएका छन् ।
नवगठित विनेसाम कास्की जिल्ला समितिको अध्यक्षमा मानबहादुर थापा बुलन्द, उपाध्यक्षमा देशभक्त सिंह कुँवर, सचिवमा राजेन्द्र पाठक कोषाध्यक्षमा प्रतीक्षा पौडेल, सदस्यहरुमा कमला सापकोटा, गिता लम्साल पौडेल चयन भएका छन् । कार्यक्रममा ईन्दिरा गौतमकले स्वागत मन्तब्य गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस