“हामी नेपाली ग्लोबल सेसेल्स”को तिज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
568 Views
अनिल बानिया सिसेल्स
भाद्र।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज शुभकामना आदान-प्रदान कार्यक्रम हामी नेपाली ग्लोबल सिसेल्सका अध्यक्ष दिपेन्द्र कुँवरको सभापतित्वमा आन्से ओइटेलको कम्युनिटी हलमा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
आरती गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा करिव तीन सय पचास जनाको हाराहारीमा सहभागिता रहेको थियो । रोशनी दाहाल ज्युले स्वागत मन्तव्य राख्दै हामी नेपाली ग्लोबल सिसेल्स को कार्यक्रमको शुरुवातैमा उपस्थित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई खादा र मालाले संस्थाका प्रथम उपाध्यक्ष विजय थापा ज्यु महासचिव सुरेन्द्र कुँवर साथै तिज बिशेष कार्यक्रमका संयोजक हरि तामाङ सह संयोजक चोम बलाल ज्युबाट सम्मान गरेर शुभारम्भ गरिएको थियो ।
हामी नेपाली ग्लोबल सिसेल्सका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा तीजको रौनकता दिलाएको थियो ।कार्यक्रममा संस्थाको उदेश्य र भावी रणनिती बारे महासचिव सुरेन्द्र कुँवरले प्रकाश पार्नु भएको थियो भने संस्थाको समसामयिक विषयहरू माथि संस्थाका प्रथम उपाध्यक्ष विजय थापा ज्यूले राख्दै तिजको शुभकामना ब्यक्त गर्नु भयो । संस्थालाइ आर्थिक सहयोग गर्ने सहयोगी दाता द्वय कमल पाण्डे र राजकुमार थापा ज्युलाइ संस्थाले सम्मान सहित उच्च मूल्याकंन गरेको साथै प्रंशसापत्रले सम्मानित गरेको थियो । सामाजिक अभियन्ता परमविर शर्मा र संचार गृहमा आवद्ध श्रीमति नेस्सी ज्युलाइ सम्मानित गरिएको थियो यातायात संयोजक, भान्छा ब्यवस्थापन संयोजक, स्वयंसेवक संयोजक कार्यक्रम व्यवस्थापन संयोजक र उहाँ हरूको टिमले गरेको सहयोग अतुलनीय र उल्लेखनीय छ साथै सस्थाका वोर्ड अफ डाइरेक्टर विजय तामाङ र शर्मिला थापाज्युको जन्मदिनको केक सहित महिला दिदीबहिनीको पहलमा तिज विशेष केक काटेर मनाइएको थियो।
कल्चर संयोजक अनु तामाङ्ले प्रवासमा पनि नेपाली दाजुभाइहरूले दिदीबहिनीहरूको लागि तीज विशेष कार्यक्रम राखी तीज मनाउने अवसर दिनुभएकोमा धन्यवाद मन्तव्य व्यक्त गर्दै सस्थाको हित र भलो हुने काम गर्दै सवै सिसेल्समा रहेका नेपालीको निमित्त हामी नेपाली ग्लोबल सिसेल्स संस्थामा आवद्द हुन आग्रह गर्नुका साथै हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव अइन्द्र विक्रम योङया र संचार विभाग संयोजक अनिल बानियाँले गर्नुभएको थियो भने प्रमुख अतिथी आरती गुरुङ्ज्युले नेपालीको एउटा शान र गरिमा बोकेको हामी नेपाली ग्लोबल सिसेल्सको उत्तर उत्तर प्रगतिको कामना गर्दै सवैलाइ तिजको हार्दिक मगलमय शुभकामना दिनुभयो ।कार्यक्रमको समापन अध्यक्ष दिपेन्द्र कुँवर गर्दै प्रवासमा रहेर कामको चाजोपाजो मिलाएर उल्लेखनीय सहभागिताले जनाउनुभएकोमा खुसी व्यक्त गर्दै संस्था प्रती सम्पुर्ण दाजुभाइ दिदीबहिनीको सकारात्मक सोचले नै छोटो समयमा हामी नेपाली ग्लोबल सिसेल्सले यति धेरै माया ममता र विश्वास प्राप्त गरेकोमा त्यसलाई सदैव निरन्तर राखी रहने वचन बद्दता व्यक्त्त गर्दै माइतिको आगन तीज विशेषमा सहयोग साथ दिने सवैलाइ हृदयदेखि धन्यवाद दिदै शुभकामना शुभेच्छा सहित कार्यक्रमलाइ समापन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस