गुप्तेश्वर महादेव गुफाको २९ औं साधारण सभा उद्घाटन
93 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको सर्वसाधारण जनताको प्रत्यक्ष सहभागितामा संचालन भई विश्वभर ख्याती कमाउन सफल गुप्तेश्वर महादेव गुफाको २९ औं वार्षिक साधारण सभा तथा विविध कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पानसमा दिप प्रज्ज्वलन तथा भगवान गुप्तेश्वर महादेवको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।
प्रदेश प्रमुख भट्टले गुफाले राज्यले गर्नुपर्ने कार्य गरेको भन्दै प्रशंसा गर्दै भौगोलिक अवस्था कमजोर हुन सक्ने आँकलन गर्दै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न सुझाव दिनु भएको थियो ।
सस्थाको कार्य प्रगति एवम् भावि योजना प्रस्तुत सह–सचिव ऋषिराम बरालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन अधिकारीले प्रस्तुत गरेका थिए ।
सो अवसरमा ब्याच तथा खादाको खर्च कटौती गरी मानविय सेवामा समर्पित हुने उदेश्य अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखालाई एक्काइस हजारको चेक आश्रमकी प्रमुख सम्झनालाई प्रदान गरिएको थियो ।
सोही अवसरमा सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३३ मा रहेको सरस्वती टिका मा.वि लाई ५० थान कुर्चि हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी संघसंस्थाहरुको तर्फबाट गुप्तेश्वर महिला जागरण समाज, कर्मचारीहरुको तर्फबाट पुरोहित तारानाथ आचार्य र प्राविधिक सहायक भक्तबहादुर सुवेदीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालीका वडा नं १७ का वडा सदस्य विक्रम गुरुङ्ग, संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक ज्यो. निरविक्रम पौडेल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्की उप–सभापति धर्मराज अधिकारी, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष तीर्थराज अधिकारी, नेपाली कांग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, मानव सेवा आश्रम छोरेपाटनकी प्रमुख सम्झना, शैक्षिक संस्थाहरुको तर्फबाट यस संस्थाका सल्लाहकार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, ने.क.पा. माओवादी केन्द्र पोखरा १७ का अध्यक्ष गान्धि गुरुङ्गले शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष लछुमण बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेलले धन्यवाद ज्ञापन, स्वागत बरिष्ठ उपाध्यक्ष युवराज लामिछानेले र कार्यक्रम संचालन सचिव हरि प्रसाद लम्सालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस