किताब फ्री फ्राइडे फेदिखोलामा सुरु
562 Views
फेदिखोला । वडा भित्रका आधारभूत विद्यालयहरुमा विद्यार्थीहरुलाई सैदान्तिक ज्ञान सहित व्यावहारिक ज्ञान दिने उद्देश्यका साथ फेदीखोला गाउँपालिका वडा नं. २ को पहलमा श्री महेन्द्र जनसहयोग आ.वि. मा Book Free Friday को सुरुवात गरेको छ। सामुदायिक विद्यालय प्रति आम अभिभावकको बुझाई र समुदायको धारणा परिवर्तन गर्न र विद्यार्थी एवम् अभिभावकहरुलाई व्यवहारिक ज्ञान सिप प्रदान गरि अब्बल नागरिक बनाउने उद्देश्यका साथ वडाको पहलमा पहिलो पटक Book Free Friday को अवधारणा अगाडी सारिएको हो। प्रत्येक हप्ताको शुक्रबारको दिन विद्यार्थीले झोला नबोकी विद्यालय आउने र व्यावहारिक ज्ञान र प्रयोगात्मक शिप सिक्ने छन्।





प्रतिक्रिया दिनुहोस