हरिदेबि कोईरालाको मौलिकता झल्किने तीज गित “घर धानेर बस राजै” बोलको गित सार्वजनिक
567 Views
कास्की,१ भदौ। वरिष्ठ लोक गायिका हरिदेबि कोईरालाको स्वरमा सजिएको र सामाजको मौलिकता झल्किने तीज गीत “घर धानेर बस राजै” बोलको गित सार्वजनिक भएको छ ।
वि.सं. २०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएका गायिका हरिदेबि कोइरालाले २०४२ सालदेखि हरेक वर्ष तीजका गीत बजारमा ल्याउने गर्नुभएकी छन् ।
भर्खरै मात्रै भदौं लागिसकेको छ । भदौं लागेसगैं तीज लागेको महसुस गराउॅदछ तीज साङ्गितिक भाकाहरुले तर पछिल्लो समय तीज गितमा बिकृति फैलिएको यो चुनौतीपुर्ण समयमा लोकगायिका हरिदेबि कोईरालाको तीज गीत ‘घर धानेर बस राजै’ सार्वजनिक भएको छ ।
हरिदेबि कोइराला युट्युब च्यानलमा सार्वजनिक भएको गीतको शब्द लय र आवाज कोइरालाकी नै रहेको छ । उहांलाई कोरसमा लक्ष्मी गिरी, पिङ्गला भट्टले साथ दिनुभएको भिडियोमा देख्न सकिन्छ ।
गीतको भिडियोमा अस्मिता बाँस्तोला, सञ्जय जैशी, स्वस्तिका तिमिल्सिना र सिता बरालको अभिनय हेर्न पाइन्छ । गीत मार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमानले गर्नुपर्ने कामको बारेमा मात्र नभएर गर्ननहुने कामको बारेमा सम्झाउनु भअकी छन् । श्रीमतीको अनुपस्थितिमा घरको काम गर्नुपरेपछि श्रीमानले काम कति गाह्रो रहेछ बल्ल महसुस गर्ने उहांको गितले प्रस्ट पारिएको छ । हरेक घरको यथार्थ विषयवस्तुमा बनेको गीतले नयाँ पुस्तालाई समेत घरमा गर्नुपर्ने कामको बारेमा सन्देस प्रस्तुत गरिएको छ ।
भिडियोको निर्माता तथा निर्देशकको जिम्मेवारी रामबहादुर कोइरालाले पुरा गरेका छन् । छायाँङ्कन र सम्पादन प्रदीप कुमार नापितले गरेको गीतको पोष्ट प्रोडक्सनको काम फोटो निकोन पोखरामा भएको जनाएको छ । समाजको यथार्थता र मौलिकता रहेको उक्त गीतबाट अहिलेका युवापुस्ताका तीज गीत उत्पादन गर्ने कलाकारहरुले सिक्न जरुरी देखिन्छ । गायिका कोईरलाले गाईने गीतहरु समाजको यथार्थता र मौलिकता उहांका गीतका विशेषता हुन् ।





प्रतिक्रिया दिनुहोस