चौँथो जिल्ला स्तरीय इङ्ग्लिस ल्याङ्ग्वेज स्किल कम्पिटेसनमा हिलसाइड प्रथम
1257 Views
पोखरा, १ भदौ/ विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूमा अङ्ग्रेजी भाषासम्बन्धी क्षमताको विकास गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), नेपाल कास्कीद्वारा पोखरामा शुक्रबार आयोजित चौँथो जिल्ला स्तरीय इङ्ग्लिस ल्याङ्ग्वेज स्किल कम्पिटेसन २०८१ मा पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ।
एनप्याब्सनमा आबद्ध कास्की जिल्लाभरिका विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा द्वितीय स्थान लेभिन रेसिडेन्सियल स्कुल अर्चलबोट र तृतीय स्थान त्रिवेणी पब्लिक मा। वि लेखनाथले हात पारेका थिए भने चतुर्थ स्थान अञ्जुली आवासीय मावि बगरले हात पारेको थियो । त्यसै गरी दुई विद्यालय होली माउन्ट अङ्ग्रेजी मा वि पोखरा २९ र बागमारा एकेडेमी पोखरा ३३ वेस्ट फाइनलिस्टको पुरस्कारले पुरस्कृत भएका थिए।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा अङ्ग्रेजी भाषाका विषय विशेषज्ञद्वय शशिधर बराल र टङ्कराज बरालले निर्णायकको जिम्मेवारी पूरा गरेका थिए।
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए भने कार्यक्रम विभिन्न चरणमा चलेको थियो।





प्रतिक्रिया दिनुहोस