सेती सरी कहांकहां च्यापियो जिवन
407 Views
कवि खोजराज गोले,
सेतीसरि कहाँ-कहाँ चेपिएन जीवन ??
गर्जो टार्न कतिपल्ट बेचिएन जीवन ??
फूटपाथमा थापिएको पसलसरि भएँ !!!!!
को-कोद्वारा कति मात्रै खेदिएन जीवन ??
नलेखेकै कहाँ हुँ र संसारेको कथा !!!!!!
तरपनि आफ्नै चाहिँ लेखिएन जीवन !!
मूर्तिलाई द्यौता मान्दै ढोग्नेहरू खै त ???
कारिगरको कुन युगमा रेटिएन जीवन ??
भो गुनासो छैन अब अलिकति पनि !!!!!
भन्दिनँ म टोक्मासरि टेकिएन जीवन ??
प्रतिक्रिया दिनुहोस