आपत् विपत् अभाव टारे धनकै धनी ठूलो(कवि खोजराज गोले)
499 Views
काठ्माण्डौं,२७ साउन।
आपत् विपत् अभाव टारे धनकै धनी ठूलो !
आपत् विपत् अभाव टारे धनकै धनी ठूलो !
लोभी धनी कहिले के हो मनकै धनी ठूलो !!
मरी गए के काम त्यो देउतै बने पनि !!!!!!!!!
श्वास हुञ्जेल आस हुन्छ तनकै धनी ठूलो !!
कुलङ्घार त राजै भए पनि त्यो प्रेतसरि !!!
जसले जे भनुन् आफ्नो पनकै धनी ठूलो !!
आम्नेसाम्ने कोठा बस्ने चिन्दैन यही शहर !
कङ्क्रिटको महलभन्दा वनकै धनी ठूलो !!
भ्रष्टाचारी दुराचारी भई ती के गर्ने ?????
दश नङ्ग्रा खियाउने जनकै धनी ठूलो !!!!
२५ साउन ´८०
सुन्दरीजल लोभी धनी कहिले के हो मनकै धनी ठूलो !!
मरी गए के काम त्यो देउतै बने पनि !!!!!!!!!
श्वास हुञ्जेल आस हुन्छ तनकै धनी ठूलो !!
कुलङ्घार त राजै भए पनि त्यो प्रेतसरि !!!
जसले जे भनुन् आफ्नो पनकै धनी ठूलो !!
आम्नेसाम्ने कोठा बस्ने चिन्दैन यही शहर !
कङ्क्रिटको महलभन्दा वनकै धनी ठूलो !!
भ्रष्टाचारी दुराचारी भई ती के गर्ने ?????
दश नङ्ग्रा खियाउने जनकै धनी ठूलो !!!!

प्रतिक्रिया दिनुहोस