बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न, २२ युनिट रगत संकलन
593 Views
रुपन्देही, २७ साउन। बुटवलमा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समिती रुपन्देही र QRVT Butwal को संयुक्त आयोजनामा एक औपचारिक कार्यक्रममा बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“रक्तदानको लागि अघि बडौ, टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान” भन्ने मुलमन्त्र लिएर रक्तअभियानमा अग्रसर केन्द्रिय कार्यलयमा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समिती रुपन्देही र Quick Response Vehicle Team- QRVT बुटवलको संयुक्त आयोजनामा साउन २६ गते शनिबारको दिन बुटवल उप-महा नगरपालिका वडा-०६, नयाँ बसपार्क अगाडि सडक डिभिजनको परिसरमा अवस्थित संघको केन्द्रिय कार्यलयमा एक औपचारिक कार्यक्रमका बिच उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। रक्त संचार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम बिहान ७:३० बजे औपचारिक रुपमा सुरुवात भइ करिव ११ बजे सम्पन्न भएको र २२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सामाजिक तथा शैक्षिक ब्याक्तित्व श्री रुपेन्द्र अधिकारीले जानकारी दिए।
संघका केन्द्रिय अध्यक्ष श्री दया बहादुर सिलवालको अध्यक्षता, दिप बोर्डिङ स्कुलका प्राचार्य श्री टिकाराम न्यौपानेको प्रमुख आतिथ्यता, QRVT बुटवलकका संयोजक माधव बस्नेत, शैक्षिक तथा सामाजिक ब्यक्तित्व श्री विर बहादुर थापा, संघका सल्लाहकार श्री सुरेन्द्र शाक्य, एम्बुलेन्स चालक संघका प्रतिनिधि श्री कृष्णमान जोशी, बुटवल यातायात प्रालिका प्रतिनिधि श्री छबिलाल मिदुन, लुम्बिनी मझौला ढुवानी संघका प्रतिनिधि श्री थर्क बहादुर रायमाझी, यातायात व्यवसायी श्री कृष्ण गैरे लगाएतको आतिथ्यता रहेको उक्त कार्यक्रममा संघ बरिस्ठ उपाध्यक्ष श्री लेखनाथ भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संघका महासचिव श्री दिपक अधिकारीले गरेका थिए।
आयोजना केन्द्रीय संघबाट श्री राजेश गैरे, श्री महेश खनाल, श्री राजु रसाइली, श्री गङ्गा विष्वकर्मा, श्री बुद्धि ज्ञवाली, संघको जिल्ला कमिटीका अध्यक्ष श्री असेस सिलवाल, श्री भास्कर शाही लगाएत र QRVT का पदाधिकारी तथा सदस्यहरु, रगत, रगततत्व ब्यवस्थापन लगाएत विभिन्न सामाजिक कार्यहरुमा अग्रसर थुप्रै सामाजिक संघसंस्थाका ब्याक्तित्वहरु, सामाजिक काममा सक्रीय मानोभावहरु, पत्रकारहरु, बुद्धिजीवी बर्गहरु, नियमित रक्तदाताहरु, सरोकारवालाहरुको बाक्लो उपस्थितमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो मन्तव्य राख्ने क्रममा रगतको विकल्प रगत र रक्तदान नै रहेको कुरा दर्शाउदै अहिले बुटवल लगाएत देश भरी नै रगत र रगतत्वतको चर्को आवश्यक रहेको र उक्त आवस्यकताको परिपुर्तिको लागि संघले देखाएको अग्रसरता र कृयशिलताको लागि धन्यवाद प्रकट गर्नुका साथै बिशेष गरी रातको समयमा बिरामीलाई अस्पतालमा निशुल्क सेवा लगाएत सुपथ मुल्यमा ढुवानी तथा सबै प्रकारका यातायात सेवा प्रदान गर्दै आएको QRVT बुटवलको पनि निस्वार्थ समाजसेवाको प्रशंसा गर्दै स्वास्थ र सक्षम युवाहरु लगाएत सबैलाइ रक्तदान जिवनदान महददान भन्ने अभिलाषालाई आत्मसात गर्दै रक्त अभियानमा अग्रसर हुन उत्तप्रेरित गरेको कुरा संचारकर्मी कृष्ण रसाइलीले बताए।





प्रतिक्रिया दिनुहोस