एशियन फोरम कास्कीको पदास्थापन तथा पुनर्मिलन, अध्यक्षमा रेग्मी
275 Views

पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्की शाखाको तेश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदास्थापन तथा वैदेशिक रोजगारबाट फर्किएका विच पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भयो ।
एशियन फोरम कास्कीको हालै सम्पन्न अधिवेशनबाट लामो समय महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय पार्वती पौडेल रेग्मीको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेका थियो । समितिको उपाध्यक्षमा अम्विका खड्का क्षेत्री ढकाल, सचिवमा निर्मल श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन प्रसाद पौडेल, सदस्यमा सुर्य प्रसाद वराल, निकिता कोइराला र सरस्वती अधिकारी रहेका छन् । बुधबार पदास्थापन कार्यक्रममा उनिहरुलाई संस्थापक अध्यक्ष सिद्धीचन्द्र बरालले सपथ ग्रहण गराएका थिए ।
त्यसै गरी गण्डकी प्रदेशको संयोजकमा मानबहादुर थापा र सदस्यहरुमा तीलक थापा र कृष्ण रानाभाट लाई मनोनित गरिएको केन्द्रिय अध्यक्ष श्रीकृष्ण अधिकारीले घोषणा गरेका थिए । प्रदेश समितिले बाँकी जिल्लाहरुमा एशियन फोरमको शाखा विस्तार गर्ने छन् ।
कार्यक्रमका प्रमुख अतिथि एशियन फोरमका केन्द्रिय अध्यक्ष श्रीकृष्ण अधिकारीले उद्घाटन गर्दै संस्थाले स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य, समुदायको विकासमा काम गर्दै आएको र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहकार्य पनि निरन्तर रहेको वताए ।
उनले अब एशियन फोरम वडा तह सम्म विस्तार गर्ने योजना रहेकोले संस्थामा धेरै भन्दा धेरै सदस्य वनाउन पनि प्रदेश तथा जिल्ला कार्यसमितिहरुलाई आग्रह गरेका थिए । सो अवसरमा व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत नवराज अधिकारीले पोखरा महानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई आवश्यक परामर्श तथा सुविधा उपलब्ध गराउन पहल गर्ने वताए ।
सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य दीपक भण्डारी, एशियन फोरमका संस्थापक अध्यक्ष सिद्धीचन्द्र वराल, कोरियन प्रा.डा. किम, इजरायल र कोरिया रिटर्नी, लगाएतको उपस्थिति रहेको थियो । कास्की जिल्ला अध्यक्ष तीलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पार्वती पौडेल रेग्मीले स्वागत र संचालन सचिव अम्बिका खड्का क्षेत्री ढकालले गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस