जसपाल तामाङ थाईल्याण्डको बैंककमा “कम्युनिटी बिल्डर अवार्ड २०२४” शिर्षकबाट सम्मानित
225 Views
कास्की, ७ श्रावण । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, थाइल्याण्डको बैंककमा सम्पन्न वर्ल्ड स्कुल समिटमा Community Builders of the year 2024 बाट सम्मानित हुनुभएको छ ।
पाख्रिनले यतिबेला Maryland State University, USA बाट Honorary doctorate degree समेत प्राप्त गर्नु भएकोमा गर्व महसुस भएको बताउनुभयो। “आवार्ड पाएकोमा आफुलाई गर्वित महसुस भएको छ साथै अझै समाज सेवामा निस्वार्थ निरन्तर रुपमा लागिरहने हौसला बढेको छ ।मेरील्याण्ड युनिभर्सिटी अमेरिकाबाट मानार्थ बिध्यावारिधि अर्थात अनरेरी डक्टरेट प्राप्त भएकोमा पनि अति नै खुशी भएको छु, यो मेरो जीवनकै एउटा शैक्षिक क्षेत्रको उपलब्धि हो र यसले मेरो करिअरमा अझै सुधार ल्याउने आशा गरेको छु ।”उहांले भन्नुभयो ।
पाख्रिनले साउथ एसिया भित्रबाट “कम्युनिटी बिल्डर अवार्ड २०२४” शीर्षकमा अवार्ड प्राप्त गर्नुभएको हो ।उहां निस्वार्थ समाजसेवामा लागिरहनुभएको कारण यो अवार्ड प्राप्त भएको बताउनुभयो । उहांका अनुसार नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश उपाध्यक्ष र लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको प्रथम उपाध्यक्ष भएकोले उक्त अवार्ड प्राप्त भएको बताउनुभयो ।
उक्त कार्यक्रमको आयोजक “वर्ल्ड स्कुल समिट” ईन्डिया रहेको छ।यस कार्यक्रममा विश्वभरका अवार्ड पाउने व्यक्तिहरुको उपस्थिति हुनेभएकाले उक्त अवार्ड नेपालमा सम्भव नभएको खुलासा गर्नुभयो।
आउंदो दिनहरुमा अझै धेरै समाजसेवामा लाग्ने र समाज प्रति बफदार रहेर कार्य अगाडी बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस