पोखरामा २६२ औं साहित्य शृङ्खला भव्य रुपमा सम्पन्न
709 Views
कास्की,५ श्रावण। पोखरामा २६२ औं साहित्य शृङ्खला श्रावण ५ गते शनिवारका दिन पश्चिमान्चल मा.वि. गैह्रापाटनको सभाहलमा गित,कविता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित भब्य रुपमा सम्पन्न भएको छ।
शृङ्खलामा बामनेता एवम साहित्यप्रेमी रामजी थापाले पश्चिमिहरुको हावाले हामीलाई गाँजिरहेको र यसको प्रभाव विविध क्षेत्रमा परिरहेको सन्दर्भ कोट्याउंदै नियमित रुपमा आफ्ना कलमहरुलाई रोक्दैनरोकी आफ्ना आवाजहरु बुलन्द गर्दै लानु पर्ने र साहित्य मार्फत जनचेतना जगाउदै जानू पर्ने कुरा व्यक्त गर्नु भयो।
२६२ औं साहित्य शृङ्खला “सङ्गम सांस्कृतिक मन्च”नेपालका कलाकार बिकास लुङ्गेलीले “लुच्चाको कुरा गज्जब छ”अहिलेको अवस्था चित्रण गरेको सेलो गित खेम लामाको टुङ्नाको धुन,डम्फुको तालमा सुनाउंदा कार्यक्रमको रौनकता थप उत्कृष्ट बनेको थियो ।
सङ्गमकै सदस्य देउमाया तामाङले क्या सानो जुरेली मार्फत साथी सङ्गीहरु बिदेश भासिएको तर आफू के मा यतै भुलियो भनेर बिदेशिएका साथीहरुलाई सम्झदै गाउँदा दर्शक श्रोताहरुले गितमा ताल मिलाउदै ताली बजाउदै साथ दिदा हल गुन्जयमान भएको थियो।
झ्याउँ झ्याउं झ्याउँकिरी बास्यो गितले ३ दशक अगाडिको गाउँघर,मेलापातलाई सम्झाएको थियो। काजी गाउँले र सृजना थापाले उक्त गितलाई कार्यक्रममा स्वर दिनुभएका थिए।
उमेरले ६ बर्ष टेक्दै गरेकि सानी नानी अद्भिका सुबेदीले ज्ञानी हुनुपर्छ कविता सुनाएकी थिइन्। लक्ष्मण गौतम हिमालीले धर्म परिवर्तन लघुकथाका साथ उपस्थित सम्पुर्ण श्रस्टाहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको हो। सल्लाहाकार अल्पबिराम पोखरेलीले म कवि होइन कविता सुनाउनु भएको थियो। त्यसैगरी छबि सुवेदी बिजयीले छन्द कविता,लक्ष्मी प्रसाद पौडेल ले आमा कविता,बिकास लुङ्गेलीले कामना शिर्षकको कविता मार्फत देशमा भैरहेको यथास्थितिलाई केलाउंदै दह्रो ब्यङ्ग्य गर्नु भएको थियो।
एक दर्जन बढी कविता,कथा,गितहरुमाथि मिहिन समीक्षा संस्थाका सल्लाहाकार नारायण परिश्रमीले गर्नुहुदै संस्थालाई अगाडि बढाउनको लागि संस्थाका सम्पुर्ण पदाधिकारी,सदस्यहरु,सल्लाहाकारको बाक्लो उपस्थितीका साथ शृङ्खलालाई मजबुत बनाउनु पर्ने कुरा दर्शाउनुभयो।
त्यस्तै संस्थाकी सदस्य लिला के.सी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव काजी गाउँलेले गर्नुभएको थियो, भने लिला के.सीले आफ्नो लघुकथाका साथ उपस्थित साहित्यकार हरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्दै कार्यक्रम सम्पन्






प्रतिक्रिया दिनुहोस