१० दिने बज्र गुरु जप साधना सम्पन्न
440 Views

काठ्माण्डौं, २ साउन। दश दिने बज्र गुरु जप साधना सम्पन्न भएको छ । छ्योर्तेन टासी तामाङ गुम्बा बौद्ध नयाँबस्तीले असार २३ देखि थालेको जप साउन १ गते सम्पन्न भएको हो ।
कार्यक्रमको अन्तिम दिनमा भने श्रदेय टुल्कु ठिन्ले सिंगे रिन्पोछे र यस गुम्बाको प्रमुख लामा लोसाङ नाम्गेल रिन्पोछेबाट गुरु रिन्पोछेको वाङसमेत प्रदान गर्नु भएको थियो । त्यस अघि घर्वाङ रिन्पोछेबाट गुरु रिन्पोछेको महाधारणी मन्त्र साधनाको ल्हुङ (आगाम) प्रदान गर्नु भएको थियो भने असार ३१ गतेका दिन टुल्कु ठिन्ले सिंगे रिन्पोछेको बाहुलीबाट झिन्सेक (होम) कार्यक्रम पनि सम्पन्न भएको गुम्बाका महासचिव हिरा बहादुर लामाले जानकारी दिनुभयो ।
गुम्बाले अन्तिम दिनमा अध्यक्ष हरि बहादुर बलको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी २५६८ औं बुद्ध जयन्तीको उपलक्ष्यमा गुम्बाले आयोजना गरेको र्याली कार्यक्रममा सहभागी विभिन्न संघ÷संस्था र गुम्बाको भुई तल्लको पिल्लर बचाउ कार्यका सिबल वर्क, पाईलिङ वर्कको ईन्जिनियरिङ डिजाईन गर्ने ईन्जिनियर र सिविल काम गरेको कम्पनीहरूलाई, बिममा बुद्धिष्ट बुट्टा र ड्रागन बुट्टा तथा डिजाईन गर्ने कम्पनीको ठेकेदारलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । साथै यस गुम्बाका प्रमुख लामा तामाङ टुल्कु लोसाङ नामग्याल रिम्पोर्छे ज्यूलाई बिधिवत रूपमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिबाट प्राप्त प्रमुख लामाको परिचय–पत्र समेत हस्तान्तरण गरिएको थियो ।
साभार बुद्द लामाको फेसबुकबाट!
प्रतिक्रिया दिनुहोस