संचारकर्मी, कलाकार सन्ध्या सुस्केरा मोक्तानको शब्दमा, गायक तथा संगीतकार विशाल काल्तन स्वर नयाँ गीत “बर्षाको मौसम”
434 Views
काठमाडौँ । तामाङ कलाकार संघका अध्यक्ष एवम् लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको नयाँ गीत “बर्षाको मौसम” बोलको गीत बजारमा सार्वजनिक छ।
यो वर्षादको समय हो । सिमसिम पानी पारिरहेको छ । सबैतिर हरियाली छ । साथै हाम्रो मायामा पनि सधैं हरियाली होस् भनेर यस्तै समय अनुरुप बर्षाको मौसम नामक गीत बजारमा ल्याएको छ ।
लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तन तामाङ सांगीतिक क्षेत्रमा निकै व्यस्त गायकको रुपमा चिनिन्छ। उहाँको तामाङ गीत, तामाङ सेलोहरु करिव २ दर्जनौं भन्दा धेरै गीत हरुले आम दर्शक मन जितेका छन् ।
यो नयाँ नेपाली “बर्षाको मौसम” गीतको शब्द सन्ध्या सुस्केरा मोक्तानकी रहेका छिन् । संगीत र आवाज विशाल काल्तनको रहेको छ । गीतको एरेञ्ज र मिक्सिङ दिपेश प्रधानले गरिएको हो भने गीतमा गायकद्वय स्वयंमले भिडियोको विशेष भुमिका निर्वाह गरिएको छ । निरोज तामाङले छायांकन कोरियोग्राफी गरेको भिडियोको कलर इडिट सुर्य लामाले गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस