पोखरामा एकै घरका ७ जनाको मृत्यु
263 Views
पोखरा । पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको स्थानियले बताउनु भयो ।
त्यसै गरी पोखराको शिशुवा र पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक एक जना वेपक्ता हुनु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका कुल बहादुर परियार उहाँका छोरी ज्वाई चितवन निवासि २५ बर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ बर्षका तुल बहादुर सहित उहाँकी श्रीमती मनकुमारी परियार, उहाँकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आउनु भएको छोरी प्रभा परियार, ज्वाई अस्मितको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी ५६ बर्षकी राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो ।
उक्त घटना विहिबार राति करिब १०ः बजेको समयमा भएको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । एक दिन अघि घर भन्दा माथिल्लो भिरालो भागमा सामान्य पहिरो गए पनि त्यलाई ख्याल नगर्दा ठुलो दुर्घटनामा परी एकै परिवारका ७ जनाको ज्यान गएको स्थानियले बताउनु भयो । उक्त घटनामा परी छोरा पवन परियार र स्थानिय कुमार परियार घाइते अबस्थामा हुनु हुन्छ भने उहाँहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भई रहेको छ ।
पोखरा ३२ चैतपुर बाह््बिसेमा अनिता ओझाको पहिरोमा परी मृत्यु भएको छ । स्थानिय आरती ओझाको टिनले छाएको एक तले ढुंगा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उहाँकी छोरी १८ बर्षकी अनिताको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ बर्षका युवा हालसम्म वेपक्ता भएको स्थानियले बताउनु भयो ।
त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङ वेपक्ता हुनु भएको छ । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्नु भएको ८० बर्षकी गुरुङको पहिरोमा परी वेपक्ता हुनु भएको सूचना अधिकारी शर्माले बताउनु भयो । उहाँको ५५ बर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरुमा स्थानिय, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिनु भएको छ । केही दिन देखि परेको बर्षाले पोखरा क्षेत्रको विभिन्न ठाँउमा डुवान र सडक भाषिने समस्या भएको छ ।





प्रतिक्रिया दिनुहोस