तामाङ बालबालिकाहरुलाई विश्व सामु पुर्याउने उदेश्यले फेस अफ तामाङ किड्स २०२४ आयोजना गर्ने
375 Views
काठमाडौँ । युथ क्रिएसन नेपालको आयोजनामा प्रथम संस्करण फेस अफ तामाङ किड्स- २०२४ पत्रकार सम्मेलन सम्पन्न भएको छ।
स्हेनोर हाउस बाैद्व जोरपाटीमा शुक्रबार पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम हुने जानकारी दिएको हो। तामाङ बालबालिकाहरुलाई विश्व सामु पुर्याउने उदेश्यले आयोजना तामाङ इतिहासमै पहिलो पटक गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, तामाङ चलचित्र चर्चित नायक एवम् निर्देशक अमिर दोङ, नेपाल तामाङ संस्कृतिक घुेङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, म्हेन्दोमाया कलाकार संघका अध्यक्ष अरम्बा तामाङ युथ क्रिएसन नेपाल रवि लामा लगायत पत्रकार संञ्चारकर्मीहरु उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस