तामाङ पत्रकार संघ काठमाडौंको आयोजनामा प्रविधिमैत्री पत्रकारिता तालिम सम्पन्न
546 Views
धन बहादुर तामाङ
काठमांडौ । तामाङ पत्रकार संघ काठमाडौंको आयोजना तथा श्री बौद्धनाथ बिकास क्षेत्र समितिको सहयोगमा काठ्माण्डौ सिमलटार स्थित रहेको सिद्दार्थ बुटिक होटेलको सभा हलमा प्रबिधीमैत्रि पत्रकारिता तालिम सम्पन्न ।
प्रमुख अतिथि तामाङ पत्रकार संघको सस्थापक साहित्यिक पत्रकार तथा लेखक रबिन्द्र तामाङ ज्यु ले कार्यक्रम उदघाटन गर्दै अहिले पेपरलेस पत्रकारिताको उदय भएको र प्रिन्ट मिडियाको अन्त हुँदै गएको बताए । उनले भने,”मैले साहित्यिक पत्रकारिताबाट लेखन यात्रा सुरु गर्दै तामाङ समुदायको मुद्दाहरूमा लेख्न सुरु गरेको हो।” अब अहिलेको युगमा आएर प्रबिधीसंग बुझेर पत्रकारिता गर्नू पर्ने दिन सिर्जना भएको छ तेसैले यस तालिम बाट धेरै कुरा सिक्ने आसा राखेको पनि बताउनु भयो।
यस दुई दिने तालिमको मुख्य प्रशिक्षक बरिष्ट पत्रकार द्वय रजनिस भन्डारी ज्यु हुनहुन्थ्यो। उहाले अहिलेको प्रबीधीको समयमा आउदा Ai जस्ताको स्थापित हुदा सन्चारको माध्यमहरु धरापमा पर्न सक्ने र सन्चार कर्मी हरु पनी बिस्तारै बिस्थापित हुनू पर्ने अबस्था आऊन सक्ने जानकारी दिनुभयो। त्यसैले यस्तो संभावन आऊन नदिन हामी सन्चारकर्मीहरुले सन्चारको सस्थाहरुले प्रबिधीमैत्री बिधिहरु अपनाएर सन्चार जगतलाई अझै पारदर्सी र टिकाउ गर्ने क्षमता संचारकर्मीको भूमिका हुनू पर्ने पेपर, अनलाइनमा मात्र सिमित नभै अब डिजीटल पत्रकारिताको माध्यामबाट सन्चार जगतमा धेरै फड्को मार्न सिक्नुपर्छ भन्नू भयो।
तालिममा एनटिभी नेपाल, प्रभाव दैनिक, सैलुङअनलाइन, नयाँ पत्रिका, रेडियो सगरमाथा, जोयनेपाल, तामाङ भ्वाइस, मातृका सन्देश, ग्लोबलमिडिया, थाहासंचार, नमोबुद्ध लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू सहित करिब ४० जना प्रशिक्षार्थीहरु सहभागी थिए ।
तालिम समापन समारोहमा सम्बोधन गर्दै बौद्धनाथ बिकास क्षेत्र समितिका अध्याक्ष राज कुमार लामा ज्युले प्रविधिको सही उपयोगले मात्र हामीले विश्वसनीय र प्रभावकारी पत्रकारिता गर्न सक्छौँ । यो तालिमले हामीलाई नयाँ युगको पत्रकारिताको लागि तयार पारेको छ । विश्वसनीय र गुणस्तरीय समाचार मात्र सम्प्रेषण गर्न अध्यक्ष लामाले अनुरोध गर्नुभयो ।‘पत्रकारिता कठिन विषय हो । यसमा मेहनत गरेर अगाडि बढ्न सके सफलता प्राप्त गर्न सकिन्छ’, पत्रकारले स्वतन्त्र रहेर सत्यतथ्य विषयलाई ओकालत गर्नुपर्ने पनि उहाले बताउनूभयो । यसरि अगाडि बढ्न सक्यो भने अबस्य सफलता हासिल गर्न सकिन्छ र आगमी दीनहरुमा पनि सन्चार जगतलाई महत्व दिदै यस्तो खालको तालिम र ज्ञान बिकासको लागी आबस्यक सहयोग गर्न पछी नहट्ने जानकारी पनि दिनुभएको थियो।
तालिममा सहभागी पत्रकारहरुले २ दिने तालिम को अनुभव सुनाउदै ‘यो तालिमले हामिलाई प्रविधिको महत्त्व र यसको सही उपयोगका तरिकाहरू सिकाएको छ। हामी अब सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूमा समाचारलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्न पहीले भन्दा केही हद सम्म सक्षम भएका छौ ।’प्रविधिमैत्री पत्रकारिताले एआई प्रविधिको प्रयोग गर्दा स्रोतहरूको गोपनीयता र सुरक्षाको सुनिश्चितता गर्नु पत्रकारहरूको लागि चुनौतीपूर्ण रहेको तालिममा सहभागीहरुले बताउनू भयो भने प्रमुख अतिथि बिषेश अथिति द्वार प्रमाण पत्र वितरण गरि २ दिने प्रबिधीमैत्रि पत्रकारिता तालिम सम्पन्न भएको हो २ दिने तालिम सन्चालन सस्थाको महासचिब तीर्थमान बल तामाङ र बिष्णु तामाङले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस