राष्ट्रिय फेन्सिङ प्रतियोगितामा गण्डकीको लगातार उत्कृष्ट प्रदर्शन
196 Views
पोखरा । काठमाण्डौमा जारी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा दोस्रो दिन समेत गण्डकी प्रदेशको टिमले उत्कृष्ट प्रदर्शन गरेको छ ।
गण्डकीले प्रतियोगितको दोस्रो दिन एक रजत पदक थप्दै उत्कृष्ट प्रदर्शन गरेको हो । गण्डकीका लागि महिला इपी टिम इभेन्टमा रजत पदक हात पारेको छ । फाइनलमा विभागिय टोली नेपाल आर्मी संग ४५–२९ अंकले पराजित हुँदै रजत पदक हात पारेको गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।
खेलको पहिलो दिन कृपा गुरुङले काश्य पदक जित्दै विजयी सुरुवात गरेकी थिइन भने मेन्स सेवर टिम इभेन्टतर्फ समेत गण्डकीले एक पदक प्राप्त गरिसकेको छ ।
गण्डकीले दोस्रो दिन समेत थप दुई वटा इभेन्टमा पदक पक्का गरेको छ । महिला एकल सेवरतर्फ विनिता पुन मगरले फाइनलमा स्थान पक्का गर्दै स्वर्ण पदक नजिक पुगेकी छन् । क्वाटरफाइनलमा नेपाल बरियता नं १ नेपाल आर्मीकी अस्मिता बस्नेत भण्डारीलाई पराजित गरी उनले सेमीफाइनलमा विभागिय टिम एपीएफकी अनिता कार्की विरुद्ध १५–१४ ले कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरिन् । उनले फाइनलमा विभागिय टोली एपिएफ क्लबकी उर्मीला लामा संग भिड्ने भएकी छन् ।
यस्तै पुरुष इपी टिम इभेन्टमा समेत गण्डकीको टोली सेमीफाइनलमा स्थान बनाउँदै थप एक पदक पक्का गरेको छ । गण्डकीको पुरुष इपीमा प्रशान्त गुरुङ, नवराजजङ्ग कार्की, सचिन खत्री र मनिष नेपाली सम्मिलित गण्डकीको टोलीले अन्तिम चारमा स्थान बनाएको छ । गण्डकीले विभागिय टोली आर्मी र बागमती मध्येको विजेता संग सेमीफाइनलमा खेल्ने छ ।
प्रतियोगितामा गण्डकीको फेन्सिङ टोलीमा २२ खेलाडी, ४ अफिसियल र २ जना रेफ्रिहरु रहेका छन् । प्रतियोगिता भोली सम्पन्न हुनेछ । प्रतियोगितामा विभागिय टोलीहरु सहित विभिन्न प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस