कुवेतको मङ्गाफ क्षेत्रमा भिषण आगलागी हुँदा कम्तिमा ४८ जनाको मृत्यु
321 Views
कुवेत,३० जेठ । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरेका थिए । रिपोर्टका अनुसार मृत्यु हुने को संख्य ४८ जान पुगेको र ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको पूर्ण उपचारको व्यवस्था गरेको र उक्त भवनमा करिब १६० जना कामदार रहेको बताइएको छ।
भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस