रामेछाप कांग्रेसको दुई समूहबिच झगडा, एकजना पक्राउ
267 Views
काठमाडौँ, २९ जेठ । नेपाल कांग्रेस रामेछापको दुईवटा समूहको बिचमा भएको झगडाको विषयमा अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका घर भएका बिर बहादुर तामाङ छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
जेठ ५ मा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र बिर बहादुर तामाङ समूहबिच झडप भएको थियो । झडपसँगै अधिवेशन हुन सकेन ।
त्यसपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराए । जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस