कर्णालीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ खच्चर फसे
194 Views

कास्की,२७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।
पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबिच आउजाउ पनि बन्द भएको छ । यो पुलले अछामको पञ्च देवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ । अहिले उद्धारका लागि सुरक्षा टोली खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस