नेपाली रहदानी हराउंदा एक महिला बिदेशमा अलपत्र
298 Views
रजनी तामाङ,
कास्की, २५ जेठ । नेपाली नागरिक पर्देशमा रहदानी हराएपछि नेपाल आउन कठिनाई भएको छ ।
सिन्धुपाल्चोक घर बताउने एक नेपाली अन्दाजी ४५ वर्षिय महिला बिदेशमा आफ्नो नेपाली रहदानी हराए पछि नेपाल फर्किन खोज्दा उनि बिच्ल्लीमा परि बैदेशिक रोजगार कन्ट्याक्ट अफिसमा बसिरहेकी छन् ।
नेपाली महिला बैदेशिक रोजगारको लागि घरबाट हिंडेको चार वर्ष बितेको बताउंनुभयो । पर्देशमा कमाउन पुगेकी महिला शरिरमा रक्तचाप बढेपछि काम गर्न गार्हो हुंदा नेपाल फर्कने निर्णय गर्नुभएकी ती नेपाली महिलाको बिदेशी दलालले कतारको बाटो नेपाल पठाउने भनि दुई हजार डलर लिएको बताउनुभयो ।
उहां रक्तचाप बढेपछि काम गर्न नसकिने बताउनुभयो । कतारको बाटो नेपाल पठाउंने भनि कतारको एयरलाईनको टिकट लिएको र उक्त टिकटमा उडानको लागि बोर्डिङ पास नदिएपछि बिदेशमै अलपत्र अवस्थामा परि अहिले बैदेशिक रोजगार सहयोग अफिसले खान र बस्नको लागि व्यवस्था गरिएको बताउनुभयो ।
कहिले नेपाल फर्किन्छ ? कसरी फर्किन्छ ? कुनै टुङ्गो छैन । तर नेपाली महिला बैदेशिक रोजगारमा पुगेका व्यक्तिको पास्पोर्ट कसरी हरायो भन्ने कुरामा संन्काको विषय बनेको छ । श्रम स्विकृति नलिकन बैदेशिक रोजगारमा जादा यस्तै धेरै समस्याहरु देखिने गर्दछ, यो एउटा उदाहरण मात्रै हो यस्तो समस्या विदेशमा नेपाली नागरिकले भोगिरहेको समस्या हो ।





प्रतिक्रिया दिनुहोस