रोटरी क्लबद्वारा एकै दिन दुई विद्यालयलाई सहयोग
350 Views
पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले विहिबार पोखरा–३३, वागमारा र पोखरा–२१, निर्मल पोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका सामाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कं.को प्रायोजन रहेको उक्त कार्यक्रममा वागमाराको श्री सत्यसाइ विद्याश्रमलाई साइन्स ल्याब सामाग्री तथा निर्मल पोखरीको जनचेतन माविका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्रीहरु सहयोग गरेको छ ।

विज्ञान प्रयोगशालाको लागि १२० थान साइन्स ल्याव सामाग्री र जनचेतन माविका १५० भन्दा वढि विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री गरी दुइ वटा स्कुललाई करिब एक लाख पचास हजारको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले वताए ।
बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कं.का गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसीलगाएतले वोलेका थिए ।

त्यसै गरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विव्यस अध्यक्ष दुर्योधन गिरी। भुूपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगाएतले क्लबलाई धन्यवाद दिएका थिए ।
रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको वताउँदै सुखमा हुर्केका विद्यार्थीहरु भन्दा दुखमा हुर्केका विद्यार्थीहरु पढाईमा तेज हुने भन्दै श्रोत साधन भएन भनेर निरास हुन नहुने वताए ।
क्लबका अध्यक्ष तोय बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस