चर्चित नायिका केकी अधिकारीले म्युजिक भिडियो “आफ्नै धड्कन” मा आशमान वाइवालाई दियो धोका
339 Views
काठमाडौ । तामाङ वाग्मती प्रदेश चलचित्र संघका अध्यक्ष समाजसेवी आशमान वाइवा र नेपाली चलचित्र जगतकी चर्चित नायिका केकी अधिकारीद्वारा अभिनित म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ।
वरिष्ठ गीतकार एवं नेपाल प्रहरीका एआइजी टेक तामाङको शब्द रहेको गीतमा वरिष्ठ गायक स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको छ ।
साचो माया गर्नेलाई घात गर्छ भनेर आशमान वाइवाले केकी अधिकारीलाई निकै अथाह माया गरिएको देखिन्छ अनि विश्वास पनि ! तर साचो मायाको अर्थमा धोका पाएको दृश्य भिडियोमा देख्न सकिन्छ ।
भनिन्छ नि दिलबाट गरेको चोखो मायामा अन्तिममा जित हुन्छ भनेर यी त्यस्तै साबित भएको छ । यो वास्तविक नभएर केवल म्युजिक भिडियोको काल्पनिक मात्रा हो।
अडियो गीतमा पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेका छन् । निकेश खड्काद्वारा निर्देशित भिडियोलाई कला निर्देशक मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाई, क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ रहेका थिए। भने भिडियो सम्पादन विकास धमलाले गरेका हुन् । सह छायाँङ्कन कुलप्रसाद हुमागाईले गरेको छ ।
गोकर्णश्वर नगरपालिकाकी उपाध्यक्ष सन्नानी तामाङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डको सभा हलमा म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।
समाजसेवी कार्यमा अगाडि देखिएको समाजसेवी आशमान वाइवा गीत, संगीत क्षेत्रमा पनि निकै रुचि रहेको देखिन्छ ।उहाँको तामाङ र नेपालीहरु गीतहरु ” तिम्रो साथ विना” जुँगामा,गुराँस फुल्यो भन्ने दर्जनौं गीतहरु बजारमा आइसकेका छन्।
प्रतिक्रिया दिनुहोस