नेत्रबिहिनलाई आंखां दान गर्दै समाजसेवि विष्णु गुरुङ
635 Views

कास्की,१४ जेठ। राईजिङ स्टार युवा क्लवका निवर्तमान अध्यक्ष एवमं समाजसेवि विष्णु गुरुङले आंखा दान गर्ने भएको छ ।
समाजसेवि विष्णु गुरुङको जन्म बुबा मन प्रसाद गुरुङ र आमा देवि गुरुङको कोखबाट वि.सं. २०३८/८/२६ गते पोखरा २७ रिठेपानीमा भएको र उहां घरको जेठो शन्तान हो ।
उहांले हाल समाजको हकहितमा कार्य गर्दे आईरहनुभएको छ ।गुरुङले नेत्रबिहिन हरुको दैनीकी कार्य गर्न नसकेको र नेत्रबिहिनको अवस्थालाई देखेर उहां आंफैले आँखा दान गर्ने निर्णय गर्नुभएको हो ।आँखा दान भन्नाले जिवनदान भन्नी बुझिन्छ।त्यसकारण आँखा दान गर्दा आंफुले आंखां गर्दा आत्मसन्तुष्टी मिल्ने बताउनुभयो ।
आँखा दान गर्नु भनेको जिबनदान गर्नु जस्तै हो भन्ने सोचाईका कारण एउटा मानिसले आउनेदिनमा आफ्नो जिबन सहज गर्न सकिन्छ भनेरनै आँखा दान गरेको बताउनुभयो । गुरुङ अबको केहि दिनमा नेपाल नरहने र रोजगारीको लागि युके/बेलायत जाने बताउनुभयो । त्यसैले हाल आंफु संलग्न सघंसंस्थामा राजीनामा समेत दिएको जानकारी दिनुभयो ।
लेखनाथमा रहनुभएका नेत्रबिहिन दाजुभाई दिदिबहिनिहरु साथै बालबालिकाहरुको संस्थासंग संलग्न भई उहाँहरुको दैनिक उपभोग्य वस्तु र खाधन्न सबैभन्दा धेरै सहयोग गर्दै आईरहेको बताउंनुभयो । त्यसकारण नेत्रबिहिनहरुबाट परिस्थिति र जिवनचर्या बुझेकोले गर्दा नेत्र दान गर्नुपर्छ भनेर आफुले पनि नेत्र दान गरेको र अरुलाई पनि गर्न प्रेरित गरिरहेको समाजसेवि विष्णु गुरुङले सञ्चार्मीसगं जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस