प्राइम सहकारीको रकम हिनामिना गरेको अभियोगमा एक युवक पक्राउ
129 Views

पोखरा, ८ जेठ। सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले प्राइम सहकारीका एक जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइममा अनियमितता आरोप प्रहरीले पोखरा २९ पटनेरी बस्ने ४६ वर्षीय उत्तम मगरलाई पक्राउ गरेको हो ।
जेठ १ गते प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको थियो । मगरलाई जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए ।
प्रहरीले यसअघि अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरेको थियो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्राइममा १ अर्ब ५४ करोड हिनामिना भएको प्रतिवेदन प्रहरीलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस