२५६८ औं बुद्द जयन्तीको अवसरमा लामा विद्यार्थीहरुलाई खाद्यन्न सहयोग
215 Views

पोखरा, ७ जेठ। बैदाम तामाङ सेवा समाजले २५६८ औं बुद्द जयन्तीको अवसर पारेर बिजयपुर डांडांमा अवस्थित अमिताव गुम्बामा खाद्यान्न सहयोग गरेका छन् ।
बिजयपुर डांडांमा रहेको अमिताव गुम्बाका धर्म लामा गुरु र लामा विद्यार्थीहरुलाई खाध्यान्न सहित आर्थिक रकम सहयोग गरेका छन् । बुद्द धर्मवलम्वबिहरुको अर्को महान धार्मिक पर्व २५६८औं बुद्द जयन्तीको अवसर पारेर लामा धर्म गुरुहरु र लामा विद्यार्थीहरु गरि २५ जनालाई लगभग २५ हजार बराबरको खाध्यन्न साथै नगद रु.१० हजार अक्षरुपी सहयोग गरिएको हो ।
उक्त गुम्बाको प्रमुख धर्म गुरु लामा पाल्देन योन्जन तामाङ र बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको सहकार्यमा सो खाद्यन्न र आर्थिक रकम सहयोग गर्नुभयो । हालै मात्रै पेमा धेछेन्लिङ गुम्बामा बृहत धार्मिक कार्यक्रम सम्पन्न लगतै अमिताव गुम्बालाई सहयोग गरिएको छ ।
विशेष गरि एक महिना सम्म पुजापाठ गरि मानिने सागादावाको अवसरमा बुद्द धर्मवलम्बिहरुले विभिन्न गुम्बा,निम्न बर्गिय परिवार, अशक्त असहायहरुलाई सहयोग गरि पुन्य लाभ लिने महिना भनेर सागादावा महिनालाई विशेष रुपमा मानिने गरिन्छ । यस महिनामा सहयोग गर्दा लाखौ पुन्य लाभ हुने धार्मिक विश्वास रहेको छ । किनकि यस महिनालाई विशेष धार्मिक महिना मान्दछ । यस सागादावा भित्र १ रुपैंया दान गर्दा लाखौ बराबरको दान गरेको मान्दछ । एउटा मात्रै बत्ति(छ्युमि) बाल्दा लाखबत्ति बालेको बराबर हुने मानिन्छ ।
त्यसैले यस सागादावालाई विशेष धार्मिक महिना मानिने हुदां बुद्द धर्मवलम्बिहरुले धार्मिक प्रवचन,पुजापाठ गरि दान प्रदान गर्दछ । यस अवसरमा गरेको कार्यले पुर्णता प्राप्त गरि पुन्य लाभ लिनका निम्ति यस महिनालाई विशेष धार्मिक महिनाको रुपमा मानिन्छ । यसै समयमा बुद्द पुर्णिमा तिथि परेको हुंदा अझै धेरै धार्मिक पुजापाठ, त्रिपिटक,पारामिता पाठ धर्म लामा गुरुहरुद्वारा वाचन गरि पुन्यलाभ लिन सकिने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस