“प्राईम सहकारी”को करोडौ घोटला सुर्य दर्सन र जी बि राईलाई उछिटिदै
344 Views

कास्की, ६ जेठ । पोखराको गैह्रापाटन स्थित रहेको प्राईम सहकारीले सुर्य दर्सन सहकारी र जी बि राईलाई समेत तल पार्ने गरि सर्वसादारणहरुको करोडौ पैसा हिनामिना गरेको छ ।
बिगत बाह्र वर्ष अगाडी देखि संचालनमा आईरहेको प्राईम सहकारीले एक सय चउन्न करोड(एक अर्ब चउन्न करोड) रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । उक्त रकम सहकारीका व्यवस्थापक सुरेन्द्र मणि पौडेल र उनका सहकर्मी निरु थापाले आफ्नो व्यक्तिगत खर्च गरिएको प्रारम्भिक छानबिनले जनाएको छ,भने कत्तिपय रकम जग्गा,घर खरिदमा खर्च गरिएको सहकारी रजिष्ट्रार कार्यलयका रजिष्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो ।
प्राइम सहकारीको संचालक भन्दा कर्मचारी हाबी भएको सहकारी रजिष्ट्रार रिजालले बताउनुभयो । उक्त सहकारीले ठगि गर्न र रकम हिनमिना गर्न अन्य सहकारीहरुलई समेत जितेको छ । सर्वसादरणहरुले पैसा बचत गर्नका लागि जम्मा गरिएको मेहेनतको रकम सुरेन्द्र मणि पौडेल र निरु थापा मिलेर व्यक्तिगत खर्च समेत गरिएको जनाईएको छ ।
निरु थापा सुर्य दर्सन सहकारी छोडेर प्राईम सहकारीमा आएकी थिइन् । उनि प्राईम सहकारीको कर्जा लेनदेन शाखाको प्रमुख समेत हुन् । उनको मातहातबाट कसलाई कर्जा दिने कसलाई नदिने भन्ने कुरामा अन्य बजार प्रतिनिधिहरुले अनुमति लिन पर्दथ्यो । अहिले प्राइम सहकारीको आठ जना कर्मचारीहरुलाई प्रहरीले हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस