साहित्य शृङ्खला, पोखराको २६०औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न
362 Views

कास्की,५ जेठ। साहित्य शृङ्खला, पोखराको २६०औं नियमित रचना वाचन कार्यक्रम जनकवी गोकुल जोशीको ९५ औं जयन्तिको सन्दर्भ पारेर पश्चिमान्चल मा बि को सभाहलमा भब्य रुपमा सम्पन्न भयो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले सृजना श्रमजिवी जनताको पक्षमा हुनु पर्ने ,अघि बढनको लागि अझै माझिनु पर्ने र ब्यक्तिबादी सोच हावी हुनु भनेको सामन्तबादी प्रबृतीलाई मलजल हुने कुरा सो अवसरमा बताउनु भयो।
भवानी पाण्डे “भास्कर”ले संख्या मात्र ठूलो नहुने,कुनै बेला ठूलो जमात देखिँदा खुसी हुने र थोरै हुदा दुखी हुन नहुने कुरा दर्शाउनु भयो।
सल्लाहाकार नारायण परिश्रमीले संस्थाका सदस्यहरुको न्यून संख्या उपस्थिती के कारणले भन्दै संस्थामा भै रहेको सबै कुराहरुका बारेमा चासो राख्दै सल्लाहाकरका नाताले आफुले के सहयोग गर्नु पर्छ आफ्नो तर्फबाट सकेको सहयोग गर्ने कुरा बताउनु भयो।आफुले स्थापना गर्नु भएको परिश्रमी प्रतिभा पुरस्कारको बारेमा समेत प्रस्ट पार्नु भयो।
सो अबसरमा छवि सुबेदी’बिजयी’ ,रमेश त्रिपाठी, अल्पबिराम पोखरेली,परशुराम कोइराला,अद्भिका सुवेदी,नारायण परिश्रमी,स्ट्रगल राना,प्रकाश बज्राचार्य,प्रेक्षा त्रिपाठि लगायत १ दर्जन स्रस्टाहरुले कथा,लघुकथा, कबिता,आफ्ना रचना बाचन गर्नु भयो।
कार्यक्रम शृङ्खलाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षता ,सचिव काजी गाउँलेको सन्चालनमा सम्पन्न भयो।
प्रतिक्रिया दिनुहोस