छोरेपाटनमा सरसफाई कार्यक्रम सम्पन्न
524 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन मा.वि.भू.पू. विद्यार्थी मञ्चको आयोजनामा शनिबार छोरेपाटन, डेभिजफल, वरको चौतारी, भागलुङ खोलासम्म सरसफाई गरेको छ ।
सरसफाई कार्यक्रमका साथै होटल व्यवसायी, खाजा घर, किराना पसल लगाएतलाई हाइवेमा व्यवसाय गर्नेलाई आफ्नो वरपर फोहर नगर्न तथा सधैं सफा राख्न पनि अनुरोध गरिएको मञ्चका अध्यक्ष कृष्ण रानाभाटले वताए ।
कार्यक्रममा भूपू विद्यार्थीहरु, पोखरा १७ छोरेपाटन तथा डेभिजफलमा सक्रिय संघ संस्थाहरु छोरेपाटन प्रहरी चौकी, डेभिज फल क्लब, छोरेपाटन माविका विद्यार्थी, छोरेपाटन टोलसुधार समिति, आमा समुहका सदस्यहरुको सहभागिता रहेको कार्यक्रम संयोजक मञ्चका उपाध्याक्ष हिमलाल उपाध्यायले वताए ।
जेठ १८ गते शुक्रबार प्रथम साधारण सभाको तयारीमा रहेको मञ्चले सरसफाई संगैं सदस्यता वृद्धि अभियानको पनि थालनी गरेको छ । संस्थाको स्थापना लगतै शुभकामना आदानप्रदान, भित्तेपात्रो प्रकाशन, वनभोज कार्यक्रम सम्पन्न गरिसकेको कार्यसमिति सदस्य गणेश जिसीले वताए । त्यसै गरी आजिवन सदस्य कविता गुरुङ (कवि)ले मञ्चको कार्यलयलाई व्यवस्थित वनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी जिसीले वताए ।





प्रतिक्रिया दिनुहोस