वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा
460 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको वियोण्ड एजुकेशन एण्ड इम्मिग्रेसन सर्भिसेज प्रा.लि. (वियोण्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ ।
पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि संचालनमा रहेको उक्त कन्सल्टेन्सीले भारतिय तथा नेपाली विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, डकुमेन्टेशन, भाषा अध्यापन, कानुनी सचेतना लगाएतका सेवा प्रदान गर्न कर्नाटक राज्यको बैंङलोरको वस्याल सर्कल, राजाजी नगरमा शाखा खोलिएको प्रबन्ध निर्देशक सुरेश थिङले वताए ।
उनले वियोण्ड एजुकेशनबाट अमेरिका, क्यानडा, यु.के., न्युजिल्याण्ड, स्विजरल्याण्ड लगाएतका देशका विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई भर्ना प्रकृयामा सहजिकरणका साथै भिजिट भिषा, पर्यटक भिषाको पनि काम गरिरहेको वताए ।





प्रतिक्रिया दिनुहोस