कविता “आमा”
361 Views
हाम्रो प्रथम गुरु भन्ने नै तिमी
ईश्वरको वरदान स्वरूप नै तिमी
सन्तानको सुख दुःख ध्यानमा राखी
केही गर्न सदा तत्पर रहने नै तिमी
स्वच्छ निर्मल मायाको धारा हौ तिमी
सारा संसारको लागि प्यारा हौ तिमी
तिमी भए अरू के पो चाहिन्थ्यो र
सारा जगतको न्यानो सहारा हौ तिमी।
माया र दयाको भरपूर खानी हौ तिमी
सदैव शिर उठाइ बस्ने स्वाभिमानी हौ तिमी
त्याग, सहनशीलता, समर्पणको सागर हौ तिमी
ईश्वरले दिएको सदृश्य प्रेरणाको गागर हौ तिमी।
आज हामीबाट टाढिएर गए पनि
तिम्रो ममताको आभास भइरहन्छ
प्रतिपल तिम्रो सम्झनामा यो मन
तिमीलाई नै सम्झेर रोइरहन्छ।
नीता गुरूंग
गुवाहाटी,असम भारत
प्रतिक्रिया दिनुहोस