संचार प्रविधि र बजार परिवर्तन
195 Views
पहिले पहिले कटवाल खबर दिन्थे गाउँमा !!
अलि पछि हुलाकीले चिठी ल्याउंठे घरमा !!
आवा आउँदा सबै खुसी हुन्थे गाउँघरमा !!
यस्ता कुरा कथा बने हाम्रा पालामा !!
पहिले रेडियो भित्र मान्छे हुन्छन् भन्ने ठान्थे मैले !!
टेलिभिजन पछि मान्छे हेर्न जान्थे हामी पहिले !!
पेजर आयो घुरघुर गर्दै केही सालमा !!
मोबाईल अनि के के के के हाम्रा पालामा !!
कत्ति धेरै एफएम रेडियो टिभी कत्ति हुन् !!
पत्रपत्रिका र अनलाइन आज कत्ति धेरै हुन् !!
फेसबुक,टुइटर,भाइबर सबै हात हातमा !!
विश्व एउटा गाउँ बन्यो हाम्रा पालामा !!
प्रतिक्रिया दिनुहोस