“न्यानो नेपाल” संस्थाको आयोजनामा पैंचालिस् दिने सौन्दर्या तालिम संचालनमा
79 Views
मकवानपुर, ७ बैशाख । बागमती प्रदेश मकवानपुर जिल्लाको हेटौडा वडा नं १५ रातोमाटे स्थित रहेको “न्यानो नेपाल” संस्थाले ब्युटिपार्लर तालिम संचालन गरिरहेको छ ।
“न्यानो नेपालको अभियान, सुखी र समृद्धि नेपालको निर्माण” भन्ने नाराका साथ स्थापित उक्त संस्थाले हेटौडा उपमाहानगरपालिकाको सहकार्यमा ४५ (पैचालिस) दिने सिपमुलक ब्युटिपार्लर तालिम संचालन गरिरहेको छ । उक्त तालिममा नगरका विभिन्न वडाहरुबाट महिलाहरुको बाग्लो उपस्थितिमा उत्साहजनक सहभागिता रहेको संस्थाका अध्यक्ष मिना लामा तितुङले बताउनुभयो ।
विशेष गरि “न्यानो नेपाल” संस्थाले शिक्षा,स्वास्थ्य र सिप विकास गरि तिन वटा कार्यलाई मध्यनजर गरि विभिन्न छुट्टाछुट्टै तालिमहरु दिदै आईरहेको बताउनुभयो । शिक्षा सम्बन्धि नेतृत्व विकास मनोपरामर्स, सकारात्मक सोच, भाषणकला जस्ता महत्वपूर्ण तालिम आयोजना गर्दै आईरहेको जबताउनुभयो । त्यस्तै विद्यार्थीहरुलाई करियर काउनसेलिङ तालिम दिंदै आईरहेको छ । सोहि संस्थाले यत्ति मात्रै नभई विकासको कार्यमा कुन समुदायमा कस्तो खालको सिप दिंदा उपयुक्त हुन्छ त्यहीं अनुसारको सिपमुलक तालिम संचालन गरि अहिलेको समयमा ठाउं अनुसार सौन्दर्य आवश्यकता ठानी ब्युटीपार्लरको तालिम संचालन गरेको बताउनुभयो ।
उक्त संस्थाले बेलाबेलामा स्थानीय निकायसंग समन्वय गरि स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै आईरहेको छ । सोहि संस्थाले केहि समय अगाडी सम्बन्धित निकायसंग समन्वय गरि स्वास्थ्य शिविर, राहत, किशोरीहरुलाई सेनेटरी प्याट, झुल, औषधी, बर्सादी जस्ता अतिवाश्यक सामग्रीहरु ८(आठ) लाख बराबरको वितरण गरिएको थियो । भावि दिनहरुमा विभिन्न संस्था तथा नगरहरुसंग समन्वय गरि बिकट गाउँठाउंहरुमा सिपमुलक, विकासमूलक, शिक्षा मुलक, स्वास्थ्य मुलक, रोजगार मुलक कार्यक्रमहरु आयोजना गरि संस्थालाई अगाडी बढाउने योजना रहेको “न्यानो नेपाल” संस्थाका अध्यक्ष मिना लामा तितुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस