(जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी
127 Views
काठमाडौँ, ४ बैशाख । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका संरक्षक तथा पूर्व अध्यक्ष जितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ ।
भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धानमा निष्कर्ष रहेको भेटिएको छ । भूपेन्द्रभन्दा बाहेक थप १ करोड ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको सोमबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । सरकारी वकिल कार्यालयले जीबी राई र दिपेश पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस