भुमिअधिकार तथा श्रमिक संगठनको शुभकामना आदानप्रदान सम्पन्न
380 Views
पोखरा । भुमिअधिकार तथा श्रमिक संगठन कास्कीको आयोजनामा आइतबार नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडीले उद्घाटन गरेका थिए भने नेकपा एमाले कास्कीका सचिव दर्शन लामा, संगठनका प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद अधिकारी, संगठनका प्रदेश अध्यक्ष प्रेम बहादुर गुरुङ, स्याङजा जिल्ला कमिटि अध्यक्ष ज्ञानेश्वर वस्ताकोटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पोखरा १५ शिबशक्ति तमु समाज भवनमा अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसचिव विजय शाहीले र संचालन सचिव मोहन गुरुङले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस