छोरेपाटन माबी भुपु विद्यार्थीको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न
168 Views
पोखरा । छोरेपाटन माबी भुपु विद्यार्थी मञ्चको आयोजनामा भित्तेपात्रो लोकार्पण तथा नव बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि छोरेपाटन माबी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीले भित्तेपात्रो लोकार्पण सहित कार्यक्रमको उद्घाटन गर्दै भुपु विद्यार्थी मञ्चले बिद्यालयलाई साथ र सहयोग पुग्ने बिश्वास व्यक्त गरेका थिए ।
सो अबसरमा समाजका विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल र मेघनाथ पौडेल, खेल शिक्षक दिपक सुनार, पुर्व विद्यार्थीहरु राजकुमार रानाभाट, कविता गुरुङ कवि, किरण पौडेलं, राजेश गुरुङ, जयश्वर पौडेल, लक्ष्मी अधिकारी लगाएतले भुपु विद्यार्थी र बिधालय दुई संस्था एक उद्देश्य हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका थिए।
मञ्चका संस्थापक अध्यक्ष दिपक राज बरालले भुपु विद्यार्थी मञ्चको आबश्यकता महशुस गरी २०६१ सालमा संस्था दर्ता गरेर आफ्नो कार्यकालमा सक्रिय भएको भएता पनि त्यस पछि विविध कारणले संस्थाका गतिविधि तथा नविकरण नै नभएको अबस्थामामा हाल भुपु विद्यार्थीहरु सकृय भएको पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
मञ्चका अध्यक्ष कृष्ण रानाभाटले छोरेपाटन माबिमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुले लामो समय देखि छुट्टाछुट्टै कार्यक्रम गरिरहेकोमा पुर्व विद्यार्थीहरुको आधिकारिक प्रतिनिधित्व हुने गरी संस्थालाई पुनर्जीवन दिएको बताए । संस्थाको सदस्यता लिन दिन प्रति पुर्व विद्यार्थी उत्सुक भएको पनि बताए ।
मञ्चका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक हिमलाल उपाध्या पौडेलले स्वागत र सचिव शालिकराम भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस