‘सेवाका लागि युवा नेपाल’ संस्थाका २०८१ सालको शुभकामना आदानप्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
54 Views
कास्की, २९ चैत । सेवाका लागि युवा नेपाल संस्थाको नयां वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष छेवाङ कर्म लामाको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान रहेका थिए । त्यस्तै विशेष अतिथिमा नागरिक समाज कास्कीका पुर्व अध्यक्ष विष्णुहरि अधिकारी रहेका थिए ।
सेवाका लागि युवा नेपालद्वारा संचालित कम्प्युटर तालिमको प्रमाणपत्र २३ जना विद्दार्थी भाईबहिनीहरुलाई वितरण गरियो । उक्त कम्प्युटर तालिम सोहि संस्थाले निशुल्क दिईएका थिए । कम्प्युटर प्रशिक्षक सागर पनेरु हुन् । सोहि कार्यक्रम पोखरा १ अधिकारी मार्गमा अवस्थित संस्थाकै केन्द्रिय कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य सहित बिदेश पलायन हुनबाट रोक्नका लागि अझै धेरै सिपमुलक कार्यक्रम गराउन नागरिक समाज कास्कीका पुर्व अध्यक्ष विष्णु हरि अधिकारीले सुझाव दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिले सेवाका लागि युवा नेपाल संस्थामा अन्य युवाहरुलाई पनि सहभागिता भई देश र समाजमा टेवा पुग्ने कार्य गरि भ्रस्टचार निर्मुल बनाउन सहयोग पुर्याउन जोड दिनुभयो ।
छेवाङ कर्म लामाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गोपाल गौतमले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस