बाघ बाहिर निस्किसक्यो अब कसैलाई छोडदिन-“विवादित अभियान्ता शर्मिला वाईवा”
125 Views
कास्की, १४ चैत । आँफुलाई नागरिक अभियन्ता भनिने शर्मिला वाइबा २८ दिनको लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्। काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिनुभएको हो ।
म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको प्रहरी टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो। त्यसपछि उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो। ती दुईमध्ये अदालतले दिएको आदेश बमोजिम कुटपिट अंगभंगमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै हिरासतमुक्त भएकी हुन्।
गत फागुनमा सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए। त्यस्तै रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोल गरेको आरोप पनि लागेको थियो।
शर्मिलाले सीसीटीभी फुटेज दुरुपयोग गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धानमा रहेको विषयमा सम्बन्धित अधिकारीले मात्रै सीसीटीभीफुटेज हेर्न पाइनेमा शर्मिलाले त्यसलाई सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएपछि साइबर अपराधको मुद्दा चलाइएको थियो।
प्रतिक्रिया दिनुहोस