कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिदै
140 Views

कर्णाली, १४ चैत । चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजीकार्य जारी छ । सोमवार दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए ।
तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् । पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमश: हाम फालेका थिए ।
कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताउनु भयो । आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस