हिलसाइड अंग्रेजी मावि नयाँ आयामबाट अघि बढ्दै
217 Views

पोखरा । हिलसाइड अंग्रेजी माध्यमिक विद्यालय मालेपाटन शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्ने भएको छ ।
बिहीबार विद्यालयमा आयोजित समारोहमा अबको नेतृत्व डिल्लीराम भट्टराईले लिने कुराको जानकारी विद्यालय निर्देशक लीला पराजुलीले दिइन् । डिल्लीराम पोखरामा रहेर नेपालको शिक्षा क्षेत्रमा अब्बल पहिचान बनाएका व्यक्ति हुन् । साथै शैक्षिक क्षेत्रमा लामो समय अनुभव लिएका होमनाथ भट्टराई र अञ्जु पौडेल पनि हिलसाइडको शैक्षिक विकासमा जोडिने कुरा विद्यालय स्रोतले जनायो ।
सो अवसरमा डिल्लीराम भट्टराईले कार्यक्रममा संस्कारयुक्त व्यावहारिक तथा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र अभिभावकलाई ढुक्क रहन आग्रह गर्दै नयाँ शैक्षिक सत्र नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयले संरक्षकका रूपमा यस विद्यालयको भौतिक संरचना रहेको जग्गाका जग्गाधनी तथा पोखरा मालेपाटन निवासी समाजसेवी लोकनाथ बरालका छोराहरू बाबुराम बराल, रामजी बराल र पदमराज बराललाई पाएको जनाएको छ ।
कार्यक्रम सञ्चालन विद्यालयका संस्थापक, पूर्व प्राचार्य तथा सामाजिक अध्ययन विषयका शिक्षक नारायण भण्डारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस