स्वतन्त्र पत्रकार सघं नेपाल कास्कीको अध्यक्षमा कृष्ण रानाभाट
117 Views
कास्की, २५ फागुन । स्वतन्त्र पत्रकार सघं नेपाल कास्की शाखाको १२ औं स्थापना दिवस, साधारण सभा तथा छैटौं अधिवेशन एवम् पत्रकार महिला सम्मान कार्यक्रम बिहिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण रानाभाटको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्नुभएको छ ।
संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ स्याङ्बो, सहसचिवमा शिशिर पौडेल, कोषाध्यक्षमा राधा ढकाल र सदस्यहरुमा गणेश बज्र लामा, अल्चना श्रेष्ठ, मदन जैसी र नवीन क्षेत्री सर्वसम्मत चयन भएका छन् ।
सो अवसरमा वरिष्ठ अधिवक्ता तिलक पराजुली, जिल्ला समन्वय समिति कास्कीका अधिकृत नवराज बराल, केन्द्रिय अध्यक्ष कृष्ण बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, संस्थापक अध्यक्ष उमाकान्त शर्मा लगाएतले शुभकामना मन्तव्य दिएका थिए । हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला पत्रकार सम्मान गर्दै आएकोमा यस वर्ष खोज मिडियाकी रजनी तामाङ स्याङ्बोलाई सम्मान गरिएको छ । उनलाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । यो वर्ष सम्मानित भएकी रजनी तामाङ माछापुच्छ्रे गाउँपालिका–९ कास्कीका बासिन्दा हुन् । बुबा जुतबहादुर तामाङ र आमा फिस्टी तामाङको कोखबाट जन्मिएकी तामाङको परिवारमा पांच जना सदस्यमा तिन दाजुभाई दुई दिदीबहिनीमा उनि कान्छी छोरी हुन् । जेठो छोरा लिल बहादुर तामाङ स्याङ्बो, माईलो छोरा आई बहादुर तामाङ स्याङ्बो, कान्छो छोरा मनोज तामाङ स्याङ्बो,जेठी छोरी देउमाया तामाङ स्याङ्बो र कान्छी छोरी रजनी तामाङ् स्याङ्बो हुन् ।
तामाङ विभिन्न कम्पनीमा काम गर्दै आउँदा पत्रकारितामा आफू सन्तुष्ट रहेको बताइन् । संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा सम्मानित ब्यक्तिको परिचय सिला गुरुङले दिनुभयो । कार्यक्रम संचालन सचीव दयासागर तिमिल्सिनाले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस