गायिका समिक्षा अधिकारी आक्रोशित : कसलाई भनिन् “बहुरुपी औरत”
115 Views
काठमाडौँ, २३ फागुन । गायिका समिक्षा अधिकारी एक्कासि सामाजिक सञ्जालमा आक्रोशित देखिएकी छिन्। उनले केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आक्रोश पोखेकी हुन्।
उनले बेलाबेलामा केहिन केहि विषयलाई लिएर शब्दबाट झटारो दिरहेकि हुन्छिन् । “केहि दिन अगाडी प्रेम दिवसको दिनमा पनि एउटा स्टाटस लेखेकी थिइन् उनको स्टाटस यस्तो थियो ।”प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना मन देखि सच्चा, सफा, ईमान्दार माया गर्ने जोडीहरुकोलागि त ३६५ दिन नै प्रेम दिवस हो ।” फेरी उनले अर्को स्टाटस लेख्छिन।”बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् ।”१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउंदै त छाड्छन् तर जीवनभर मार्छन् ।” २.जबर्जस्ति गर्ने बलात्कारी जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्, यी दुवै फाँसीका लायक छन् ।”चितवनकी बहिनी सालिन पोख्रेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु । (जस्टिक फर सालिन पोख्रेल )
आज फेरी उनले कुनै फिल्म निर्मात्री या नायिकालाई लक्ष्यित गरेर आक्रोश पोख्दै “बहुरुपी औरत” को संज्ञा पनि दिएकी छिन्। तर ती फिल्म निर्मात्री या नायिका को हुन् भन्ने बारेमा केही खुलाएकी छैनन्। उनले आफ्नो स्टाटसमा लेखेकी छिन् । “अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत।” भनेकी छिन्।
उनले इंगित गर्न खोजेको व्यक्तिको नाम नखुलाए पनि उनका शुभचिन्तकहरुले कमेन्ट गर्दै उनले भनेको ‘बहुरुपी औरत’ फिल्म निर्मात्री एवम नायिका पुजा शर्मा भएको हुनसक्ने आंकलन गरेका छन्।
प्रतिक्रिया दिनुहोस