प्रचण्डजीले माथि समीकरण तोड्नुभयो, मैले गण्डकीमा तोडेँ: मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे
261 Views
कास्की, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नयाँ समीकरण बनेर संघीय सरकार गठन प्रक्रिया अघि बढेको छ।
गण्डकीमा गठबन्धन र कांग्रेस दुवैलाई गाह्रो रहेको जनाएको छ । ६० सदस्यीय गण्डकीमा सरकार बनाउन बहुमतका लागि ३१ जना सांसदको साथ चाहिने हो तर,यहाँ एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन्। सभामुखले बराबर भएका खण्डमा मात्र मत हाल्न पाउँछन्। यसो हुँदा एमाले-माओवादी गठबन्धनलाई सरकार बनाउन २ सांसद अपुग हुन्छ।
गण्डकीमा पनि सरकार बनाउन नयाँ गठबन्धनलाई थप दलको साथ पर्छ। गण्डकीमा कांग्रेसका २७, राप्रपाका २, एकीकृत समाजवादीका १ सांसद छन्। राप्रपा र एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल छैनन्।
अहिलेको अवस्थामा गण्डकीमा कसैले पनि बहुमत पुर्याउन नसक्ने भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री पनि बर्खास्त गरिदिनुभएको छ ।प्रचण्डजीले माथि समीकरण तोड्नुभयो, मैले गण्डकीमा तोडेँ: मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भन्नुभयो ।





प्रतिक्रिया दिनुहोस